छन्त्याल सर्वमान्य फाउडेशनको अध्यक्षमा दिपबहादुर छन्त्याल चयन, १ करोड ५१ लाख कोष संकलन

  • २० माघ २०८२, सोमबार
  • 19 पटक पढिएको

म्याग्दी, १९ माघ । छन्त्याल सर्वमान्य फाउडेशनको अध्यक्षमा दिपबहादुर छन्त्याल निर्वाचित हुनुभएको छ । काठमाण्डौमा सम्पन्न फाउण्डेशनको दशौँ बार्षिक साधारणसभाबाट छन्त्यालको अध्यक्षमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । छन्त्याल जातिको उत्पत्ति र इतिहासको खोजी तथा भाषा,संस्कृतिको संरक्षण गर्ने उद्देश्यले जातिय उत्थान र पहिचानका अभियन्ता छन्त्याल समुदायका संस्थापक अध्यक्ष तथा सर्वमान्य स्व. दिलबहादुर छन्त्यालको स्मृतिमा २०७२ सालमा छन्त्याल सर्वमान्य फाउडेशनको स्थापना गरिएको थियो ।

नेपाल छन्त्याल संघका पूर्वअध्यक्ष तथा निर्वाचन समितिका संयोजक इन्द्रजीत छन्त्यालद्धारा घोषित निर्विरोध निर्वाचित समितिको उपाध्यक्षमा मिमप्रसाद छन्त्याल, सचिवमा देवमति छन्त्याल, कोषाध्यक्षमा थममाया छन्त्याल,सहसचिवमा भ्रमबहादुर छन्त्याल चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमामा यामबहादुर छन्त्याल, तारादेवी गौचन छन्त्याल, ,लोकशंकर छन्त्याल, र नरकुमारी छन्त्याल रहनुभएको छ । नेपाल छन्त्याल संघ केन्द्रिय समितिको अध्यक्ष हरिचन छन्त्यालको अध्यक्षता तथा छन्त्याल सर्वमान्य फाउण्डेशनको सहअध्यक्षतामा संयुक्तरुपमा आयोजित १२औं स्मृति दिवसलाई सम्बोधन गर्नुहुँदै छन्त्याल संघका पूर्वअध्यक्ष,संरक्षक, तथा प्रमुख अतिथि मनिचन छन्त्याल र पूर्वअध्यक्ष इन्द्रजीत छन्त्याल, सल्लाहकार मिमप्रसाद छन्त्याल र बेलायत छन्त्याल संघका पूर्वअध्यक्ष हेमप्रसाद छन्त्यालले स्व. दिलबहादुर छन्त्यालको योगदान र महिमाको बारेमा चर्चा गर्नु भएको थियो ।
सोहि अवसरमा फाउण्डेशनका नवनिर्वाचित अध्यक्ष दिपबहादुर छन्त्यालले संस्था स्थापना देखि हालसम्म १० वर्षको अवधिमा देश विदेशमा रहनु हुने ८८ जना छन्त्याल दाजुभाइ तथा दिदीबहिनीहरुबाट उनासी लाख पचपन्न हजार आठ सय सैतिस रुपैयाँको कोष संकलन भएको जानकारी दिनुभयो । उक्त कोषमा न्युनतम ११ हजार २३२ देखि अधिकतम २० लाख सहयोग प्राप्त भएको थियो । १० वर्षको विभिन्न बैंक तथा वित्तिय संस्थाबाट साधारण बचत तथा मुद्धति बचतबाट रु ७१ लाख ८० हजार ८७३ रुपैयाँ प्राप्त ब्याज समेत गरेर संस्थाको कुल १ करोड ५१ लाख ३६ हजार ७ सय १० रुपैयाँ संकलन भएको छन्त्यालले जानकारी दिनुभयो । त्यसैगरु स्थापनाकाल देखि हालसम्म विभिन्न शिर्षकमा कुल खर्चतर्फः १३ लाख ५४ हजार ६४९ खर्च भएको जानकारी दिनुका साथै छन्त्याल जातिको सर्वोपरि हित र उत्थानका लागि नेपाल छन्त्याल संघसंग हातेमालो गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । छन्त्याल संघका महासचिव समप्रसाद छन्त्यालको संचालन तथा फाउण्डेशनका कोषाध्यक्ष थममाया छन्त्यालको स्वागत मन्तव्यबाट प्रारम्भ गरिएको सोे कार्यक्रममा फाउण्डेशनलाई आर्थिक सहयोग दिनुहुने आर्थिक दाताहरु तमबहादुर छन्त्याल–छापखानी, (१०५,००५) तिलकुमारी छन्त्याल–लाम्मेलाखानी, (५५५,५५५) लालबहादुर छन्त्याल–नर्जाखानी, (३८८००) लिलप्रसाद छन्त्याल–नर्जाखानी, (३८८००) तारादेवी गौचन छन्त्याल–मंगलेखानी (२५०००) र लोकशंकर छन्त्याल–बोङ्गखानी (२५०००) लाई सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको थियो ।  त्यसैगरी सो नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका पदाधिकारी लगायत छन्त्याल संघका अध्यक्ष हरिचन छन्त्याल र महासचिव समप्रसाद छन्त्यालबाट बधाई ज्ञापन गरिएको थियो । सो कार्यक्रममा छन्त्याल संघ,छन्त्याल सर्वमान्य फाउण्डेशनका पदाधिकारी तथा सदस्य लगायत भातृसंस्थाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।