गंगटा युृथ क्लबद्धारा बेनीमा चौथो खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुँदै

  • १६ फाल्गुन २०७३, सोमबार
  • कमल खत्री
  • 2017 पटक पढिएको

म्याग्दी, १६ फागुन । म्याग्दी सदरमुकाम बेनीमा आगामी चैतमा राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । म्याग्दीका युवाहरुको नेतृत्वमा काठमाण्डौमा स्थापित गंगटा युथ क्लबको आयोजनामा चैत १० गतेदेखि १२ गतेसम्म बेनीमा चौथो खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।

राष्ट्रिय स्तरका व्यवसायिक र विभागीय टोलिका खेलाडिहरु समेत सहभागि हुने प्रतियोगिताको तयारी तिब्र पारिएको क्लबले बेनीमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । क्लब स्थापना संगै काठमाण्डौमा निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगितालाई यस पटक म्याग्दीमा आयोजना गरिएको क्लबकमा अध्यक्ष रमेश पुनले बताउनुभयो ।

17035578_1325981160798967_447759611_n

सर्वोकृष्ट पुरस्कार राशि रहेको प्रतियोगितामा राष्ट्रिय स्तरका ५ र स्थानीय एक गरि ६ इभेन्टमा खेल खेलाईनेछ । बेनी स्थित कबर्डहलमा हुने प्रतियोगितामा देशभरका करिब ३ सय खेलाडिहरुले सहभागिता जनाउने अध्यक्ष पुनले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्र्तगत मेन्स डबल इभेन्टमा बिजयी हुनेले सर्वाधिक पुरस्कार राशी रु १ लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । त्यस्तै दितिय र तृतिय हुनेलाई क्रमश नगद रु ५० हजार २५ हजार पुरस्कार प्रदान गरिने क्लबका उपाध्यक्ष योगेन्द्र गुरुङले बताउनुभयो ।

प्रतियोगिता अन्र्तगत मेन्स सिंगल इभेन्टमा प्रथम हुनेलाई ६० हजार, दितियलाई ३० हजार र तितृयलाई ५ हजार तथा उमेन्स सिन्गल,भेटरान्स डबल र १७ बर्ष मुनीका पुरुषहरुको सिंगल इभेटमा प्रथमलाई ५० हजार, दितियलाई २५ हजार र तितृयलाई ५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ ।

सहभागि हुने खेलाडिहरुलाई खान र बस्नको व्यबस्था निशुल्क गरिएको प्रतियोगितामा करिब रु १७ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता जिल्ला व्याडमिण्टन संघको सहआयोजना र जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालन हुने क्लबले जनाएको छ । यस क्लबले विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l