बोलेरो जीप दुर्घटना हुँदा १ जनाको मृत्यु तीन जना घाइते
- ५ चैत्र २०८१, बुधबार
- 991 पटक पढिएको
म्याग्दीको मालिका गाउँपालिका ४ मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मालिका– ४ सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको बोलेरो जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।
जीपमा चालकसहित ५ जना सवार रहेका थिए । घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर विकलाई उपचारको लागि पोखरा पठाइएको छ । त्यसैगरि चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय दरबाङको टोली घटनास्थल पुगेर दुर्घटनाको अनुसंधान गरेको छ ।