फागुपूर्णिमाको अवसरमा बेनीमा साँगेतिक कार्यक्रम हुने
- २३ फाल्गुन २०८१, शुक्रबार
- 405 पटक पढिएको
म्याग्दी , २३ फागुन । फागुपूर्णिमा पर्वको अवसरमा बेनीमा साँगेतिक कार्यक्रम हुने भएको छ । म्याग्दी जेसीजको आयोजनामा फागुन २९ गते बेनीमा साँगेतिक कार्यक्रम संगै श्रष्टा सम्मान कार्यक्रम आयोजना गरिएको हो । ‘यस पटकको होली पर्व म्याग्दी जेसीजसंगै, रंगसंगै रमाईलो’ कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा पछिल्लो समयका चर्चित गायक बसन्त थापा, सम्भोज मल्ल संगै घोरेपानी डाँडै बोलको गीतका गायक चन्द्र पुनको विशेष साँगेतिक प्रस्तुती रहने म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्तिले जानकारी दिनुभयो । उहाँका अनुसार, बेनीको खुलामञ्चमा हुने उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको समेत बजोड साँगेतिक प्रस्तुत् िरहनेछ भने स्रष्टा सम्मान कार्यक्रम समेत हुनेछ । कार्यक्रम सफल बनाउनका लागि दिनेश विश्वकर्माको संयोजक तोकेर तयारी सुरु गरिएको म्याग्दी जेसीजले जनाएको छ ।