प्रथम लायन्स कप छात्रा फुटबलको उपाधि न्यू वेष्ट पोइन्टलाई

  • १५ मंसिर २०८१, शनिबार
  • 535 पटक पढिएको

म्याग्दी, १५ मङ्सिर । बेनीमा शनिवार सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि बेनीको न्यू वेष्ट पोइन्ट आवासिय माविले जितेको छ । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा खुल्लामञ्चमा सम्पन्न फाइनल खेलमा निर्धारित समय गोलरहित बराबर भएपछि टाइब्रेकरमा बेनी सामुदायिकलाई ४–५ गोल अन्तरले पराजित गर्दै वेष्ट पोइन्टले प्रथम लायन्स कपको उपाधि हात पारेको हो । 

प्रतियोगिताका बिजेता र उपविजेतालाई क्रमश नगद रु ३५ हजार र २० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । प्रतियोगितामा अनु्शासित टिम घोषित धौलागिरी मावि सिंगालाई ट्रफी सहित नगद रु ५ हजार प्रदान गरिएको छ ।

कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना, बेनी नगरपालिकाका मेयर सुरत केसी, लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष सोहन श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा म्याग्दीका १० विद्यालयले सहभागिता जनाएका थिए ।