म्याग्दी कलाकार संघ काठमाडौंद्धारा हिरामाया र खड्ग गर्बुजा सम्मानित

  • १६ भाद्र २०८१, आईतवार
  • 995 पटक पढिएको

काठमाडौं। “म्याग्दीको कला संस्कृती म्याग्दीको शान, राष्ट्रको पहिचान” भन्ने मुल नारा सहित स्थापित संस्था “म्याग्दी कलाकार संघ काठमाडौं, नेपाल” को आयोजनामा महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा “स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम – २०८१” भब्य रुपमा सम्पन्न भएको छ। यस कार्यक्रम काठमाडौं, नयाँ बसपार्क स्थित बिजी ब्यांङ्क्वेटको हलमा भदौ १५ गतेका दिन भब्य रुपमा सम्पन्न भएको हो।

“स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम – २०८१” मा यसै संस्था की अध्यक्ष लोकप्रिय गायिका लाली बुढाथोकीको अध्यक्षता रहेको थियो भने प्रतिनिधी सभाका सदस्य माननिय खमबिर गर्बुजाको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी बरिष्ठ गायक एबं सर्जक खड्ग गर्बुजा, म्याग्दी उधोग बाणिज्य संघका अध्यक्ष सुबिन श्रेष्ठ, म्याग्दी कलाकार संघ काठमाडौंका संस्थापक अध्यक्ष राजन भुजेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दी शाखाका अध्यक्ष ध्रुब जिसी, लोकप्रिय गायक प्रकाश दुतराज, चर्चित कलाकार रबी कार्की, गायक सुजन बराईली लगायत थुप्रै कलाकारहरु, समाजसेबी ब्यक्तित्व, ब्यवसायी, संगीतप्रेमीहरु, म्याग्दीबासीहरु र पत्रकारहरुको बिशेष उपस्थिती रहेको थियो। उक्त कार्यक्रममा यसं संस्थाका महासचिव राम गगन बिश्वकर्मा र बिमला श्रीषले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा चर्चित कलाकारहरुको साथमा म्याग्दी जिल्लामा रहेका मौलिक कला संस्कृती, पुर्ख्यौली नाच, थाली नाच लगायत अन्य थुप्रै साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत भएका थिए। “म्याग्दी कलाकार संघ काठमाडौं, नेपाल” ले हरेक बर्ष महिलाहरुको महान पर्व हरितालिकाको अवसर पारेर स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम गर्दै आईरहेको र कार्यक्रम सफल बनाउन सबैले आआफ्नो तर्फबाट सक्दो सहयोग गरी कायक्रमलाई सभ्य र भब्य रुपमा सफल बनाउन बिशेष योग्दान दिएकोे भन्दै आभार प्रकट गरेकी थिईन्।

“स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम – २०८१” मा म्याग्दीलाई थाली नाच मार्फत बिश्वब्यापी रुपमा चिनाउने अग्रज कलाकार एबं थाली नाचको सुरुवातकर्ता हिरामाया पुन मगर, म्याग्दीमा जन्मिएका बरिष्ठ गायक एबं सर्जक खड्ग गर्बुजालाई बिशेष सम्मान गरिएको थियो भने म्याग्दी उधोग बाणिज्य संघका अध्यक्ष सुबिन श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दी शाखाका अध्यक्ष ध्रुब जिसी, के.एम.कोरियन ल्याङ्ग्वेजका प्रतिनिधी, सेवा नेपालका सञ्चालक राम प्रसाद शर्मा लगायत थुप्रै सहयोगीदाता लगायत अन्य ब्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।