फुटवल प्रतियोगिताको उपाधी अन्नपूर्ण एफसीलाई

  • ६ श्रावण २०८१, आईतवार
  • 787 पटक पढिएको

नेपाली जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेको फुटवल प्रतियोगिताको उपाधी अन्नपूर्ण एफसी अल्फाले हात पारेको छ । जुलाई २० र २१ मा आयोजना भएको ७ ए साइड फुटवल प्रतियोगितामा विभिन्न १० समूहलाई पछि पार्दै अन्नपूर्ण एफसी अल्फाले उपाधी हात पारेको हो । रवि घलेद्वारा व्यवस्थापन गरिएको विजेता टिमलाई ट्रफी, पदकहरू, र ७५०० डेनिस क्रोनर नगद पुरस्कार प्रदान भएको क्लब सचिब सन्तोष भण्डारीले जानकारी दिनुभयो । कर्मा शेर्पा प्रतियोगिताको उत्कृष्ट खेलाडीको रूपमा सम्मानित भएका छन् । जनपसम्पर्क समितिले आयोजना गरेको यो नवौँ प्रतियोगिता हो । डेनमार्कमा रहेका नेपालीहरुबिच भाइचारा बढाउन र समाजलाई एकताबद्ध बनाउन प्रतियोगिताले सहयोग पु¥याएको भन्दै बिजेता क्लबका अध्यक्ष बिमल कुमार केसीले आयोजकलाई धन्यबाद ज्ञापन गर्नुभएको छ ।