अन्नपूर्ण गाउँपालिकाद्धारा सहिद परिवारलाई सम्मान
- २२ असार २०८१, शुक्रबार
- 287 पटक पढिएको
म्याग्दी, २१ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ । शुक्रवार गाउँपालिकामा आयोजित द्धन्द्ध पीडितसंग अन्तक्र्रिया तथा सहिद परिवार सम्मान कार्यक्रममा ९ जना सहिद परिवारका आफन्त र २६ जना द्धन्द्धपीडितलाई सम्मान गरिएको हो ।
मुलुकको परिवर्तन ल्याउन योगदान गरेका सहिदको सम्मान र तत्कालिन द्धन्द्धको समयमा पीडित बनेका परिवारको योगदानको कदर गर्दै ३५ जनालाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा द्धन्द्ध पीडितको अवस्था र सरोकारवालाको भूमिका लगायतको बिषयमा अन्तक्र्रिया समेत गरिएको थियो । गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता, द्धन्द्ध पीडित राष्ट्रिय सञ्जालका महासचिब सुरेन्द्र खत्री र द्धन्द्ध पीडित महिला सञ्जालका प्रतिनिधि सुजता खत्रीले प्रस्तुतीकरण राख्नुभएको थियो भने गाउँपालिका उपाध्यक्ष पुनले स्वागत र धनबहादुर पाईजाले मन्तव्य राख्नुभएको थियो ।