जीवन कुँवरको ‘घर त मेरो म्याग्दी पुलाचौर’ पञ्चेबाजाको गीत सार्वजनिक

  • ३ असार २०८१, आईतवार
  • 163 पटक पढिएको

म्याग्दी, २ असार । म्याग्दीका लोक दोहोरी गायक जीवन कुँवरको पञ्चे बाजामा आधारित लोक दोहोरी गीत ‘घर त मेरो म्याग्दी पुलाचौर’ सार्वजनिक भएको छ ।
बेनी नगरपालिका–५ चिप्लेटीका गायक कुँवरको शब्द, लय र स्वर रहेकोे नयाँ गीतको म्युजिक भिडियो कुँवरको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो ।    गीतमा गायक कुँवर संगै गायीका पवित्रा थापाको स्वर रहेको छ । गीतको म्यूजिक भिडियोमा म्याग्दीका कलाकार राजकुमार परियार र रिया मगरले अभिनय गरेका छन् ।

‘घर त मेरो म्याग्दी पुलाचौर’ पञ्चेबाजा गीतको म्युजिक भिडियो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष तथा लोक दोहोरी गायक ध्रुब जिसीले निर्देशन गर्नुभएको छ ।
गीतको भिडियो चिप्लेटी, पुलाचौर, बेनी, गलेश्वर लगायतका स्थानमा छायांकन गरिएको छ । किरण कार्की र दिप्सन खड्काले छायाँकन गर्नुभएको हो । गीतको शव्द तथा भिडियोमा समेत जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुलाई समेटिएको छ ।
मौलिक लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्य अनुरुप पञ्चेबाजाको गीत तयार गरिएको गायक कुँवरले बताउनुभयो ।