लिया पाइजाले अभिनय गरेको बाचा कसम म्युजिक भिडियो सार्वजनिक

  • २० जेष्ठ २०८१, आईतवार
  • 4895 पटक पढिएको

म्याग्दी २० जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–६ कोटगाउँकी कालकार लिया पाइजाले अभिनय गरेको म्युजिक भिडियो बाचा कसम सार्वजनिक भएको छ । माया प्रेममा आधारित पञ्चेबाजा गीतमा पाइजाले अभिनय गरेकी हुन् ।

बालकलाकारको रुपमा साँगेतिक क्षेत्रमा प्रवेश गरेकी कलाकरा पाइजाले विभिन्न मेला महोत्सव तथा साँगेतिक कार्यक्रमहरुमा नृत्य प्रस्तुत गर्दै आएकी थिइन् । पाइजा मिस एसइई २०२२ को बिजेता समेत हुन ।

गाउँको सनराइज युथ क्लबको स्टेजबाट उदाएकी कलाकार पाइजाले म्युजिक भिडियामा समेत उत्कृष्ट अभिनय गरेको र साँगेतिक क्षेत्रमा अब्बल बन्दै गएको रघुगंगा गाउँपालिका–६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो ।