अन्नपूर्णका कृषकलाई कृषि औजार वितरण

  • २० चैत्र २०८०, मंगलवार
  • 231 पटक पढिएको

म्याग्दी, २० चैत । अन्नपूर्ण गाउँपालिकाका किसानलाई अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ । स्थानीय खाद्य तथा पोषण सुरक्षामा टेवा र रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवद्र्धन गरी किसानहरुको आयस्तरमा वृद्धि गराउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कृषि उपकरणले कृषि पेसालाई आधुनिकिकरण तथा यान्त्रीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सोमबार गाउँपालिका केन्द्र पोखरेबगरमा ८ जना किसानलाई मिनिटेलर हलो,एकजनालाई कोदो चुट्ने मिल,चार जनालाई पिस्ने मिल गरी १३ जनालाई कृषि उपकरण वितरण गरिएको कृषि शाखाका प्राविधिक सहायक हेमन्तबहादुर शाहीले जानकारी दिनुभयो । कृषि पेसालाई आधुनिकिरण गरी उत्पादन बढाउन गाउँपालिकाले चालु आर्थिक वर्षको रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत उपकरण सहयोग गरिएको उहाँले बताउनुभयो ।
स्थानीय किसानलाई व्यावसायिक कृषि क्षेत्रमा आकर्षित गर्नका लागि कृषि उपकरण वितरण गरिएको गाउँपालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले बताउनुभयो । कृषि उपकरणको सहि सदुपयोग गर्न उहाँले किसानहरुलाई अनुरोध समेत गर्नुभयो । गाउँपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत किसानसँगको लागत सझेदारीमा ६ लाख ३५ हजार बराबरका उपकरण हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
कृषि उपकरणले स्थानीय रैथाने बाली उत्पादन र संरक्षण गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । स्थानीय सरकारले उपलब्ध गराएको उपकरणले कृषि उपजको उत्पादनमा सहज हुने अन्नपूर्ण गाउँपालिका ६ मानकुमारी बरुवालले बताउनुभयो । गाउँपालिकाले यसभन्दा अगाडि पनि ७५ प्रतिशत लागत साझेदारीमा माग अनुरुप कृषि यान्त्रिकरण सामग्री वितरण गरेको थियो । उक्त कर्याक्रममा पाँचवटा मिनिटेलर, पाँचवटा फलफूलको हाँगा काँटछाट गर्ने सिकेचर, ५ वटा आरी, ९ वटा भ¥याङ र २ वटा तौल मेसिन वितरण गरेको थियो । गाउँपालिकाको चारलाख ५० हजार र साझेदारीमा कृषकबाट एक लाख गरी कुल पाँच लाख ५० हजारको सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा अन्नपूर्णले किसान लक्षित विभिन्न कार्यक्रमहरुहरु संचालनका लागि करिब डेढ करोड रुपियाँ बराबरको बजेट विनियोजन गरेको पालिकाले जनाएको छ ।