धौलागिरी अधिकृत विक्रेता संघको साधारणसभा

  • १० चैत्र २०८०, शनिबार
  • 129 पटक पढिएको

 

बेनी, १० चैत । धौलागिरी अधिकृत विक्रेता संघको नवौ वार्षिक साधारणसभा शनिबार पर्वतको जलजला गाउँपालिका–३ मा पर्वत बेनीमा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्नुहुदै संघका केन्द्रिय अध्यक्ष हरिराज पन्तले विश्वभर देखिएको असहज आर्थिक अवस्थाको अवसर नेपालको ब्यापार व्यवसाय क्षेत्रमा पनि देखिएको बताउनुभयो ।

 

बैंकको ऋण र उत्पादकहरुको कडाई तथा बजारमा भएको लगानी उठ्न ढिलाई हुनु अहिलेका व्यवसायीको चुनौति रहेको बताउनुभयो । अवस्था अनुसार व्यवसायमा नयाँ रणनीति अपनाउन आग्रह गर्दै निराश हुन नहुने बताउनुभयो ।

 

कार्यक्रममा ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्र म्याग्दीका रिना दिदीले तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा बागलुङ, पर्वत र म्याग्दी जिल्लाका अधिकृत बिक्रेताहरुको उपस्थिति रहेको थियो ।

 

संघका अध्यक्ष राजनकुमार श्रेष्ठको अध्यक्षता र महासचिव हेमन्त बानियाको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।