खिवाङमा ‘एक घर, एक धारा’खानेपानी आयोजना निर्माण
- १० चैत्र २०८०, शनिबार
- 985 पटक पढिएको
खिवाङकी रिना बुद्धुजाले आँगनको धारामा २४ सैँ घण्टा नियमित पानी आउन थालेपछि पानीको समस्या समाधान भएको बताउनुभयाे । गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा निर्माण भएको खिवाङ खानेपानी तथा सरसफाइ आयोजना काम सुरु भएको ९१ दिनमा पूरा भएको हो । उपभोक्ता समितिका अध्यक्ष जयराम विकका अनुसार ट्रष्टको रु ७३ लाख बराबरको निर्माण सामग्री र प्राविधिक सहयोग तथा उपभोक्ताको रु ३१ लाख बराबरको श्रमदानमा खानेपानी आयोजना निर्माण भएको हो । आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न धारामा मिटर जडान गरिएको छ । ट्रष्टका कन्ट्रक्सन इञ्जिनियर लिला पुन शेरचनले यस वर्ष खिवाङ वडा नम्बर ३ को काभ्रे र वडा नम्बर ४ को छेम्दीमा पनि खानेपानी आयोजना निर्माण पूरा भएको जानकारी दिनुभयाे । रासस