नेपाल आइडलको सिजन फाइभमा म्याग्दीका सन्तोष पुनलाई गोल्डेन माइक

  • १० चैत्र २०८०, शनिबार
  • 3042 पटक पढिएको

म्याग्दी १० चैत । नेपाल आइडलको सिजन फाइभमा म्याग्दीका सन्तोष पुनले गोल्डेन माइक जित्नुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा बसोबास गर्दै आउनुभएका पुनले नेपाल आइडलको पोखरा अडिसनमा उत्कृष्ट प्रस्तुती राख्दै गोल्डेन माइक जित्नुभएको हो । काठमाण्डौ बाहिरको अन्तिम अडिसनको रुपमा नेपाल आइडलको पोखरा अडिसन भएको थियो । अडिसनमा म्याग्देली गायक पुनको प्रस्तुतीलाई तीनै जना जर्जहरुले प्रसंसा गर्दै उत्कृष्ट घोषित गर्दै गोल्डेन माइक प्रदान गर्नुभएको थियो ।