‘मौरीस हर्जोग’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा

  • १२ मंसिर २०८०, मंगलवार
  • 197 पटक पढिएको

 

म्याग्दी १२मंसिर । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्जोग’ पदमार्गको प्रर्वद्धनका लागि मंगलबारदेखि पदयात्रा शुुरु भएको छ । म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तब्यको रुपमा विकास हुुन थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था र आवश्यकता पहिचान तथा प्रर्वद्धनका लागि चार दिने पदयात्रा शुुरु भएको हो । अन्नपूूर्ण गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत अमृत सुवेदीको नेतृत्वमा शुुरु भएको पदयात्रा टोलीमा वित्त आयोगका पदाधीकारी, विज्ञ, जनप्रतिनिधी, प्राबिधिक, पत्रकार र स्थानीय अगुुवाहरुको सहभागिता छ ।

वित्त आयोगका उपाध्यक्ष बालानन्द पौडेल, नेपाल सरकारका पुर्व मुुख्य सचिव डा. सोमलाल सुुवेदी, जुुद्धबहादुुर गुुरुङ लगायतको २५ जनाको टोली रहेको छ । टोलीलाई अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुुमार पुुनले पैदलमार्गको प्रवेशबिन्दुुमा रहेको हुुमखोलामा बिदाई गर्नुुभयो । “मौरीज हर्जोगले अन्नपूूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर पदमार्ग बनाएका छौ,” उहाँले भन्नुुभयो “अन्नपूूर्ण हिमाल म्याग्दीमा भएर पनि यसको रोयल्टी लगायतको लाभ हामीले पाउन सकेका छैनौ । यो तथ्यलाई पुष्टि गरेर वित्त आयोगले वितरण गर्ने पर्यटन रोयल्टी म्याग्दीको अन्नपूूर्ण गाउँपालिकामा ल्याउने र पदमार्गको प्रर्वद्धन गर्ने उद्देश्य रहेको छ ।”

हुुमखोला हुुदै गुरासेडाँडा, फुुतफेते झरना, सम्धीखर्क, भुुसकेत, नारच्याङ पञ्चकुुण्ड ताल हुुदै चार हजार एक सय मिटर उचाइको अन्नपूूर्ण हिमालको आधार शिविर सम्म पैदलयात्रा गरेर फर्कने कार्यक्रम रहेको छ । पैदलयात्राका क्रममा गाउँपालिकाको प्राबिधिक टोलीले पदयात्रामा निर्माण गर्नुुपर्ने पुुर्वाधार र नक्साङकनका लागि सर्वेक्षण पनि गर्ने प्रमुुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुुभयो ।

पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थल लगायतका पर्यटन पूर्वाधार तयार भएपछि यसपालीको शरदयाममा पहिलो पटक आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर पुगेका थिए । नारच्याङदेखि कुल ४२ किलोमिटरको दुरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ ।

हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग निर्माण भएको छ । एकै दिन पैदलयात्रा गरेर पुगिने र नयाँ ठाउँ भएकाले ‘भर्जिन’ गन्तब्य रोज्नेहरुलाई अन्नपूर्ण नर्थ वेसक्याप आकर्षक गन्तब्य बन्ने सम्भावना रहेको छ । सन १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्जोगले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलो पटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो ।

हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि.स. २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थल, लगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले रु. दुई करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले रु. ४० लाख भन्दा बढी लगानी गरेका छन् ।

अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिने अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरकी सुमिना बरुवालले बताउनुभयो । अन्नपूर्णको फेदीमा करिब २० हजार बर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणको रुपमा रहेको छ ।