भगवतीमा आयोजित बडादशैँ मेला सम्पन्न : पुरुष भलिबलको उपाधी काउँलेगौडाले जित्यो

  • १८ कार्तिक २०८०, शनिबार
  • 285 पटक पढिएको

 

 

म्याग्दी, १८ कात्तिक । रघुगंगा गाउँपालिका–२ राखु भगवती मैदानमा भगवती युवा क्लबले आयोजना गरेको बडादशैँ मेलामा पुरुष भलिवलको उपाधी काउलेगौडा युवा क्लव घतानले जितेको छ । शनिबार भएको फाईनलमा घतानले आयोजक टिम भगवती युवा क्लवलाई ३–१ सेटमा पराजित गर्दै उपाधी जितेको हो ।


२० टिमको सहभागिता रहेको पुरुष भलिवल प्रतियोगितामा विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसंगै एक लाख पाँच हजार ५५५ र ६० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो । प्रौढ भलिबल तथा बाल बास्केटबलको फाइनल खेलपनि शनिबार सम्पन्न गरिएको थियो ।


त्यस्तै प्रौढ भलिबल फाईनलमा बागलुङको गल्कोटले म्याग्दीको भकिम्लीलाई २–१ सेटमा पराजित गर्दै उपाधी जितेको थियो । प्र्रौढ भलिवलमा विजेता र उपविजेताले ट्रफी मेडल र प्रमाणपत्रसंगै ७० हजार र ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।

बाल बास्केटबलमा चिमखोलालाई हराउँदै पात्लेखेतले उपाधि जितेको थियो । विजेता र उपविजेतालाई ३० हजार र २० हजार रुपैयाँ नगदसहित प्रमाण पत्र र मेडलले पुरस्कृत गरिएको थियो ।


मेला आयोजक समितिका अध्यक्ष सरोज मल्ल गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी वडाध्यक्ष अमृत भण्डारीको उपस्थितमा पुरस्कार वितरण गरिएको थियो । मेला अवधिभर विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो ।