रुईसे ‘भ्यूटावर’ वरिपरि गरियो सरसफाई

  • १४ कार्तिक २०८०, मंगलवार
  • 221 पटक पढिएको

म्याग्दी, १४ कात्तिक । गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारीको नेतृत्वमा रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकियस्थल रईसे–भेडिओढार स्थित ‘भ्यूटावर’ परिसरमा मंगलबार झाडी सरसफाई गरिएको छ ।

भ्यूटावर वरिपरि हुर्किरहेको सानासाना रुखविरुवाले भ्यूटावरको महत्व ओझेल पारेपछि प्रदेश प्रदेश सदस्य भण्डारी, विष्णु भण्डारी र रेशम कार्की लगायतले मंगलबार विहान भ्यूटावर पुगेर सरसफाई गर्नुभएको थियो ।

समन्द्री सतहदेखि २२२० मिटर उचाईमा रहेको रुईसेबाट उदाएको सुर्य, धौलागिरी, अन्नपुर्ण, नीलगिरि, चुरेन र गुर्जा लगायतका दर्जनौ मुस्कुराइरहेको हिमाल र बाईसेचौविसे राजाको पुरातात्विक सम्पदा अवलोकन गर्न पाईन्छ । रुईसे– भेडिओढारबाट ग्रामिणबस्तीसंगै पुनहिल, करबाकेली, पञ्चकोट, गलेश्वरधाम, बेनीबजार लगायतको पर्यटकस्थल देखिन्छ ।”