सिंगामा फुटसल र भलिबल प्रतियोगिता हुने

  • २३ आश्विन २०८०, मंगलवार
  • 407 पटक पढिएको

म्याग्दी, २३ असोज । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा दिपावलीको अवसरमा फुटसल र भलिवल प्रतियोगिता हुने भएको छ । स्थानीय जनचेतना युवा क्लबको आयोजनामा आगामी कात्तिक १९ गतेदेखि २६ गतेसम्म फाइप ए साइड ( Five A side) फुटसल सहित भलिबल प्रतियोगिता हुने भएको हो ।
खुला फुटसल प्रतियोगिता र वडा स्तरीय भलिबल प्रतियोगितामा प्रथम र द्धितिय हुनेलाई क्रमश ः नगद रु ५५ हजार ५ सय ५५ र २५ हजार ५ सय ५५ को साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने प्रतियोगिताका खेलकुद संयोजक देवेन्द्र चोखालले बताउनुभयो । दुबै प्रतियोगितामा विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई समेत नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

भलिबलतर्फ उत्कृष्ट खेलाडी, सेटर, ब्लकर, डिफेन्डर र स्पाईकरलाई नगद रु १ /१ हजारको साथमा ट्रफि र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । त्यसैगरि फुटसलतर्फ उत्कृष्ट खेलाडी, गोल रक्षक, गोलकर्ता र डिफेन्डरलाई नगद रु १/१ हजारको साथमा ट्रफि र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने आयोजकले जनाएको  छ । प्रतियोगिता अवधिभर विविध साँस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिनेछ । कार्यक्रमको लागि आबश्यक पर्ने आर्थिक संकलन, प्रचार प्रसार लगायतको काम अघि बढाईएको क्लब अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।