वाईसीएल म्याग्दीद्वारा बरंजाका पहिरो पीडितलाई आर्थिक सहयोग

  • १८ आश्विन २०८०, बिहीबार
  • 411 पटक पढिएको

 

बेनी, १८ असोज । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल म्याग्दीले जिल्लाको मंगला गाउँपालिका वडानम्वर ३, बरंजाका पहिरो पीडितलाई खाद्यान्नसहित आर्थिक सहयोग गरेको छ। वाईसियलका जिल्ला पदाधिकारीबाट आर्थिक र खाद्यान्न संकलन गरी पहिरो पीडितलाई सहयोग गरेका हन् ।


बर्षा संगै मंगलबार बेलुकी घरमाथिबाट खसेको पहिरोले बरंजास्थित घाम्ताङमा बसोबास गर्ने शेर बहादुर दर्जिको ९ जना परिवार सदस्य बस्ने घर पशुचौपायसहितको गोठ पूर्णरुपमा क्षति पुर्‍याएको थियो । पहिरोले दर्जीको घर, गोठमा रहेका पशुचौपायासहित करिव २३ लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको थियो ।


पीडित दर्जीलाई वाईसियलले १२ हजार ६ सय रुपैयाँ नगदसहित खाद्यान्न उपलब्ध गराएको वाईसियल म्याग्दी सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । सोही वडाका वडाअध्यक्ष यामबहादुर रोका, पाटीका प्रदेश कमिटी सदस्य अर्जुन शाही र मंगला गाउँपालिका कमिटीका उपाध्यक्ष सुकमाया रोका, वाईसियलका पदाधिकारी लगायतको उपस्थितमा राहत हस्तान्तरण गरिएको थियो ।

वडा अध्यक्ष रोकाले आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिरोले ठुलो क्षति पुगेकोले आर्थिक सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका दाजुभाईलाई आग्रह गर्नुभएको छ । जिल्ला सचिव पौडेलको अध्यक्षतामा राहत हस्तान्तरण कार्यक्रममको संचालन नगर कमिटी सचिव गोकुल सुनारले संचालन गर्नुभएको थियो ।