सबैको चासोको रुपमा रहेको कोराला नाका खुलाई चाडैनै आवश्यक पूर्वाधारहरु बनाउनेछुः मुख्यमन्त्री पाण्डे

  • १८ आश्विन २०८०, बिहीबार
  • 415 पटक पढिएको

सुशीलबाबु थकाली

मुस्ताङ, असोज १८ । मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री  सुरेन्द्रराज पाण्डेले अब चाँडैनै कोरोला नाका खुल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नाका खुलाउन आफू प्रयासरत रहेको बताउँदै जिल्ला स्थित सरोकारवाला निकायलाई समेत अपिल गर्नुभएको हो । नेपाल र चिनसँगको सम्बन्ध राम्रो र सुमधुर बनाउन कोरोला नाका खुलाउनुपर्ने उहाँको धारणा रहेको थियो ।

गण्डकी प्रदेशका मुख्य मन्त्री   पाण्डेले कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्नुका साथै घरपझोङ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन, विपत व्यवस्थापनका लागि आपतकालनि कार्य सञ्चालन केन्द्र भवनको समेत उद्घाटन गर्नुभएको हो ।

बिशेष गरि मुस्ताङको उत्तरी सिमाना (नेचुङ भन्सार)¬ कोरोला नाकालाई सबैले चासोका साथ हेरिरहेको अवस्थामा गण्डकी प्रदेश सरकार त्यस कुरामा सधैं सकारात्मक रहेको  पाण्डेल बताउनुभयो, उहाँले भन्नुभयो–“हामी मुस्ताङको चौतर्फि बिकास र हितको लागि सधैंनै लागिपर्नेछौं । ”

मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको तीन दिने कृषि तथा पर्यटन महोत्सवको अवसरमा मुख्य मन्त्री  पाण्डेले मुस्ताङको सम्पूर्ण धार्मिक तथा पर्यटनसँग जोडिएको स्थानहरुको उत्थान र पुनः निर्माणमा आवश्यक बजेटको समेत बिनियोजन गरिने बताउनुभयो । हिमाली जिल्ला भैकन पनि मौसम परिवर्तनका कारण कृषकहरु चिन्तित बनिरहेको अवस्थामा त्यसो हुन नदिनका लागि चाँडैनै कृषकहरुसँग प्रत्यक्ष सरोकारका कार्यक्रमहरु ल्याउने बताउनुभयो, उहाँले भन्नुभयो–“यसका साथै मुस्ताङ जिल्लाको लागि आवश्यक पूवाधारहरुको निर्माण समेत चाँडैनै हुनेछ ।”

मुस्ताङ जिल्ला धार्मिक पर्यटनको हिसाबले पनि अत्यन्तै महत्वपूर्ण रहेको बताउदै मुख्य मन्त्री पाण्डेले धार्मिक पर्यटनलाई कसरी अगाडि बढाउनका लागि आफ्ना महत्वपूर्ण कार्यक्रमहरु लिएर आएको बताउनुभयो । साथै मुस्ताङलाइनै केन्द्रिकृत गरेर आवश्यक ठाउँहरुका साहसिक खेलका कार्यक्रमहरु लिएर आएको समेत मन्त्री पाण्डेले जिकीर गुर्नभयो, उहाँले भन्नुभयो–“मुस्ताङ जिल्लालाई गत सालहरुमा भन्दा यस वर्ष थप आकर्षक बजेटहरु विनियोजन गराएको छु ।” यसैगरी  पाण्डेले धार्मिक क्षेत्रहरुको पहिचान र पर्यटन प्रवद्र्धनमा समेत आफूले सकेको पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा संघीय सांसद,  योेगेश गौचन थकालीले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आफू निर्वाचित भएदेखीनै जिल्ला र जिल्लावासीको हितकै लागि आहोरात्र खटिरहेको बताउनुभयो । समग्र जिल्लाको हक, हितका लागि आफूले सकेको गर्ने र आफ्नो पाँच वर्षे कार्यकालमा कुनै कमिकमजोरी हुन नदिने समेत संघीय सांसद माननीय योगेश गौचन थकालीको जिकीर रहेको थियो । देशको पछिल्लो बिभिन्न राजनीतिक चरणहरुमा देखिएको उतारचढावमा कस्ले के ग¥यो या गरेन भन्नुभन्दा पनि जिल्ला र जिल्लावासिको लागि आफू चाहि निरन्तर लागिपर्ने बताउनुभयो । आपसमा दोसारोपन गर्नुभन्दा पनि पहिलो कुरात यो सात वर्षमा के – के प्रगति भयो भन्ने कुरा महत्वपूर्ण रहने उहाँका जिकीर रहेको छ । पहिलो कुरा बेनी– जोमसोम– कोरोला नाका खुलाउन सबैले अर्जुनदृष्टि राख्नुपर्ने बताउनुभयो, उहाँले भन्नुभयो–“मुस्ताङ जिल्लाको बिकासका निम्ति कस्ले के ग¥यो भन्ने कुरा इतिहास साक्षि छ ।” बेनी– जोमसोम– कोरोला नाकाको ग्राण्ड डिजाई गर्ने पहिलो.व्यक्ति पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकाली रहेको उहाँले बाउनुभयो । तत्काली अवस्थामा बेनी जोमसोमको दुरावस्था देखेर यो कल्पना गर्नुभएको समेत उहाँले जिकिर रहेको थियो । बिक्रम संवत् २०७३ साल चैत्र महिनामा सुरु भएको उक्त कामको थालनीको कारण अहिले मुस्ताङ आम नागरिकको रोजाईमा परेको समेत उहाँले बताउनुभयो ।

यसैगरी गण्डकी प्रदेश सभा सदस्य बिकल शेरचनले मुस्ताङ जिल्लाको दुरदरजमा रहेका गाउँहरुको बिकास र उत्थानमा आफू सधैं दत्तचित्त भएर लागिपर्ने बताउनुभयो । सडक सञ्जालले नछोएका गाउँहरुमा चाँडैनै सडक, पुल र आवश्यक पूर्वाधारको निर्माण गर्ने समेत उहाँले बताउनुभयो, उहाँले भन्नुभयो–“हाल गण्डकी प्रदेश सरकारले कृषकहरुको आय आर्जन बृद्धि गर्न र जीवनस्तर माथी उकास्नका लागि आवश्यक योजनाहरु ल्याउनेछौं ।” यसैगरी शेरचनले मुस्ताङको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिका भित्रका बिकट ठाउँहरुलाई बिकासको मुल धरामा ल्याउने बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले गाउँपालिका भित्रका पर्यटकीय सम्भावना भएका स्थानहरुमा पर्यटकीय स्थलको रुपमा निर्माण गरि पर्यटकलाई आकर्षण गर्ने बताउनुभयो । उहाँको अनुसार जिल्लाभित्र हालसम्म कुनै पनि इन्डोर भवनहरु नहुँदा आवश्यक खेलहरु खेलाउन समस्या भएकोले यथासक्य इन्डोर भवनहरुको निर्माणमा चाँसो दिनको लागि अपिल गर्नुभएको थियो । आजदेखी सुरु भएको कृषि तथा पर्यटन महोत्सवमा घरपझोङ गाउँपालिका भित्रका बिभिन्न गाउँहरुको कला र संस्कृति झल्किने खालका झाँकी, नृत्य, भेषभुषको प्रदर्शन गरिएको थियो । साथै भोलीबाट नियमित रुपमा भलिबल, तारा खेल, कृषि प्रदर्शनी, लोक दोहोरी गीत, मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम, विद्यार्थीहरुको प्रतिभा प्रदर्शनका साथै पाँच वटै वडाका सुन्दर नृत्य प्रस्तुत हुने कार्यक्रम रहेको छ ।