बाँदुकमा वडास्तरीय भलिबल तथा बास्केटबल प्रतियोगिता हुने

  • १६ आश्विन २०८०, मंगलवार
  • 375 पटक पढिएको

म्याग्दी १६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–१, बाँदुकमा वडास्तरीय भलिबल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ । विजय दशमीको शुभ उपलक्ष्यमा बेलायतको सर्वोच्च यूद्ध पदक भिक्टोरिया क्रसबाट सममानित स्वर्गीय तुलबहादुर पुनको जन्मस्थल बाँदुकमा कात्तिक ८ गतेदेखि प्रतियोगिताको आयोजना गरिएको छ । बाल बास्केटबल, महिला भलिबल गाउँस्तरीय हुने प्रतियोगितामा पुरुष बास्केटबल, पुरुष तथ पौढ भलिबल वडास्तरीय हुने आयोजकले जनाएको छ । सोही अवसरमा खुल्ला नृत्य प्रतियोगिता समेत आयोजना गरिएको बाँदुक भुमे यूवा क्लवका सल्लाहकार कृष्ण पूर्जाले बताए ।


प्रतियोगितामा वडास्तरीय पुरुष भलिबल, बास्केटबल पौढ भलिबलको क्रमश १ लाख १५ हजार, १ लाख १५ हजार, ७० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ भने बाल बास्केटबल, महिला भलिबलको क्रमश ४० हजार नगद मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ ।त्यस्तै नृत्य प्रतियोगिताको १५ हजार नगद पुरस्कारको ब्यवस्था गरिएको क्लवको अध्यक्ष कृष्ण गर्बुजाले बताए । प्रतियोगिताको अवसरमा स्वर्गीय नन्द प्रसाद तिजिला र स्वर्गीय हरिकला तिलिजाले बि.स २०६२ सालमा निर्माण गरिएको खेलकुद मैदान जिर्ण अवस्थामा रहेकाले स्तरोन्नती तथा मर्मत गरिएको समेत उद्घाटन गरिने छ । त्यस्तै स्थानीयबासीले सहयोग संकलन गरी बास्केटबल मैदानका गरिएको फाइबर जडानको समेत उद्घाटन गरिने छ ।

प्रतियोगिताको अवसरमा जिल्लाकै लामो र अग्लो झोलु्ङे पुलमा समेत सघाउने सहआयोजक बाँदुक आमा समुहले जनाएको छ । १० लाख रुपैयां खर्च अनुमान गरिएको प्रतियोगिताको समापनमा बेस्ट प्लेयर, तथा अनुशासित खेलाडीलाई सम्मान गरिने छ । वडास्तरबाटै खेलाडी उत्पादन र खेलकुदको विकासका लागि वडास्तमा कार्यक्रम गर्ने गरिएको मेला आयोजक संयोजक लक्ष्मण शेरपुञ्जाले बताए । प्रतियोगितामा आर्थिक, भौतिक र नैतिक सहयोग गर्न खेदकुद संयोजक नगेन्द्र गर्बुजाले अनुरोध गरेका छन् ।