बेनी बजारमा गोरु नाच प्रर्दशन (फोटोफिचर)

  • २८ भाद्र २०८०, बिहीबार
  • धिरन खत्री
  • 389 पटक पढिएको

 

म्याग्दी, २८ भदौ । म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रर्दशन गरिएको छ । शुक्रबार बजारमा हुने रोपाई नाचको जानकारी गराउन मुखीयाले गोरुसहित बिहिबार बजार परिक्रमा गरेका हुन् ।

नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्ह: पूच: हरुले (युवा) बर्खे नाच अन्तरगतको गोरु नाच प्रर्दशन गरेका हुन्। बर्खेनाच अन्तरगत शुक्रबार हुने रोपाईमा सहभागि हुनका लागि गोरुहरुसहित मुखिया बजार परिक्रमा गर्छन । मुखीयाले क्याप्टेनको खेत रोपाईमा सहभागि हुन रोपारहरुलाई आग्रह गर्दछन् ।

भोलिको खेत रोपाई गर्न गोरु, बाउसे र हली तयारी अवस्थामा रहेको र रोपारहरुलाई सहभागि हुनका लागि मुखियाले बजार परिक्रमा गरेर जानकारी गराउने प्रचलन रहेका ल्याम्ह: पूच:का सदस्य सज्जन श्रेष्ठले बताउनुभयो । गोरुसहित मुखिया बजारको चोकचोकबाट टोलबासालीई रोपाईमा सहभागि हुन सूचना गर्छन् भने सहभागि नहुनेलाई जरिवाना गर्ने आदेश हुन्छ ।

हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर तिज पर्वसम्म देखाईने बर्खे नाच अन्तरगत बेनी बजारमा लाखे नाच, घोडा नाच, गाईजात्रा सपारु, श्रीकृष्ण रथयात्रा, गोरु नाच देखाईएको छ भने रोपाई नाच, धानको बाला नाच बाँकी छ ।

  

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l