विकासका लागि साझा अवधारणा बनाएर अघि बढौँ– मन्त्री जुग्जाली

  • १९ भाद्र २०८०, मंगलवार
  • 233 पटक पढिएको

म्याग्दी, १९ भदौ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले म्याग्दीको विकासका लागि साझा अवधारणा बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ५० औं बार्षिकोत्सवको (स्वर्ण जयन्ती ) उद्घाटन गर्दै म्याग्दीका जनताको चाहना अनुसार योजनाबद्ध विकास गर्नका लागि पूर्व र वर्तमान जनप्रतिनिधिहरुसहित जिल्लाका अगुवाहरुको सामूहिक छलफलबाट साझा अवधारण बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।

“म्याग्दीमा विगतदेखि वर्तमानसम्म धेरै बजेट संघ र प्रदेशबाट आएको छ, जनताको चाहना अनुसार विकास हुन नसक्दा नेता र जनप्रनिनिधिप्रति ब्यापक जनगुनासो बढेको छ”,–उहाँले भन्नुभयो । “सबैको सकारात्मक सोच, एकता, छलफल, सहकार्यमार्फत योजनावद्ध विकासको अवघारण अघि बढाउन सकिन्छ, यसका लागि सबै राजनीति भन्दा माथि उठ्नुपर्छ ।”

जुग्जालीले साझा अवधारणा बनाउन जिल्ला समन्वय समितिले छलफलको वातावरण तयार गर्न आग्रह गर्नुभयो । जुग्जालीले खरिद ऐनको समस्याले विकास योजनाहरु कार्यान्वयनमा समस्या भएको उल्लेख गर्नुभयो ।

जिल्लामा भएको स्रोतसाधनलाई प्रयोग गरेर जनताको चाहना काम गर्न नेतृत्वले ध्यान दिन आग्रह गर्नुभयो ।