मन्त्री र साँसदलाई भाङ्ग्रा लगाएर सम्मान (तस्बिर)

  • १८ भाद्र २०८०, सोमबार
  • 255 पटक पढिएको

बेनी, १८ भदौ (रासस) ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जाली र प्रदेश सभा सदस्य हरि बहादुर भण्डारी तथा वडा सचिब कुलप्रसाद आचार्यलाई परम्परागत पोशाक भाङ्ग्रा(गादा) लगाएर सम्मान गर्दै स्थानीयबासी । भाङ्ग्रा स्थानीय स्तरमा घाँस दाउँरा गर्न जाँदा समेत सहयोगी मानिन्छ भने यो जनजाति समुदायको मौलिक पोशाखको रुपमा समेत परिचित छ ।
तस्बिर : कमल खत्री