जनैपूर्णिमाको अबसरमा म्याग्दीका शक्तिपिठहरुमा भक्तजनको चहलपहल

  • १४ भाद्र २०८०, बिहीबार
  • 530 पटक पढिएको

बेनी , १४ भदौ:  जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपिठहरुमा भक्तजनहरुको घुईचो लागेको छ । मनोकांक्षा पुरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिक स्थल र तलाउहरुमा विहानैदेखि भक्तजनहरुको चहलपहल बढेको हो । जनैपूर्णिमा पर्वमा मात्रै बिशेष पुजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानी लगायतका शक्तिपिठमा पुजाआजा गर्नका लागि हजारौँ भक्तजनहरु पुगेका छन् ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरभारनी थानमा पुजाआजा र तलाउमा स्नानको लागि एक हजार बढी भक्तजनहरु पुगेका छन् । समुन्द्री सतहदेखि ४ हजार ६ सय ३० मिटर उचाईमा अबस्थित खयरभारनी थानमा जनैपूर्णिमाको दिन पुजाआजाको लागि म्याग्दीका साथै छिमेकी जिल्लाबाट समेत भक्तजनहरु पुगेको वडा अध्यक्ष राजेश तिलिजाले जानकारी दिनुभयो । उहाँका अनुसार, मौसम अनुकुल भएपछि विगतका बर्षहरुको तुलनामा उल्लेख्य मात्रामा भक्तजन र तिर्थयात्रीहरु खयर आएका छन् ।
पाउद्धार हुदै खयरभारानी जाने तिर्थयात्रीहरु खोप्रामा पर्यटन सहकारी मार्फत सामुदायिक लजका साथै खयरभारानी क्षेत्र संरक्षण समितिले बनाएको अस्थायी टेन्टमा आश्रय लिएर बस्ने व्यवस्था मिलाईएको छ । क्षमता भन्दा बढी तिर्थयात्रीहरु आएपछि आवास व्यवस्थापनमा समस्या भएको छ । खयरभारानीको दर्शनका लागि तीन दिनेअघि देखि नै पर्यटक र तिर्थयात्रीहरु प्रदल यात्रा हुदै खयर पुग्न थालिसकेका थिए ।
त्यसैगरि रघुगंगा गाउँपालिका–८ मा धौलागिरि हिमालको काखमा करिब ४ हजार ५ सय मिटर उचाईमा अवस्थित रिखारमा समेत भक्तजनहरुको विहानैदेखि भिड लागेको छ । जिल्ला सदरमकाम बेनीदेखि रिखार पुग्न दुई दिनको प्रदल यात्रा गर्नुपर्छ । पानीको तलाउनमा रहेको डुङ्गा आकारको ढुंगामा निर्मित मन्दिर रहेको रिखार भक्तजन र पर्यटकहरुको लागि अनौठो र आकर्षणको रुपमा रहेको छ ।
ऋखार क्षेत्रमा दुई दिनदेखि तिर्थयात्रीहरुको चाप बढेको सप्तऋषि युवा क्लबका सल्लाहकार अंकित पुनले बताउनुभयो । हरेक बर्ष ऋखारको भ्रमण र दर्शनमा आउने तिर्थयात्रीहरुको सख्ंया बढ्नै गएको छ । जनैपूर्णिमाको दिन आफ्नो मनोकांक्षा लिएर नाङ्गीबराही, भगवतीको नौलीबराही र घराम्दीको प्यारीबराही थान र तलाउमा समेत भक्तजनहरुको चहलपहल छ । यी तलाउ र थानमा जनैपूर्णीमाको अवसरमा