जन्मदिनको अवसरमा दृष्टिविहिन स्रोत कक्षालाई खाद्यान्न सहयोग

  • ९ भाद्र २०८०, शनिबार
  • 942 पटक पढिएको

म्याग्दी ,९ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ निवासी राजेन्द्र बहादुर शाहीको परिवारले आफ्नो नातीको जन्मदिनको अवसरमा दृष्टिविहिन स्रोत कक्षालाई खाद्यान्न सहयोग गर्नुभएको छ । छोरा सविन्द्रजंग शाही र आमा अर्चना केसी शाहीको छोरा शहस्र शाही पाँचौ बर्ष प्रवेश गरेको अवसरमा घरपरिवारले मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षालाई रु १५ हजार, चार सय पच्चीस बराबरको खाद्यान्न सहयोग गर्नुभएको हो ।
शनिवार विद्यालयमा पुगेर शाही परिवारले विद्यालय व्यवस्थापन समिति, दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थी र शिक्षकहरुलाई चामल, तेल, दाल, नुन, चना, जिरा लगायतका खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो । जन्मदीनको अवसरमा दृष्टिविहिन स्रोत कक्षालाई सहयोग गरि रचनात्मक तवरले जन्मदिन मनाएकोमा विद्यालयले सहयोगदाता परिवारलाई आभार प्रकट गरेको छ ।