पाँच महिनामा ६० जना फरार अभियुक्त पक्राउ

  • १७ श्रावण २०८०, बुधबार
  • 231 पटक पढिएको

 

म्याग्दी, १७ साउन । जिल्ला प्रहरी कार्यालय म्याग्दीले पाँच महिनाको अवधिमा विभिन्न मुद्दामा फरार रहेका ६० जना अभियुक्तलाई पक्राउ गरेको छ।

अदालतबाट कसुरदार ठहर भई कैद र जरिवाना तोकिएका तर लामो समयसम्म कानुनको दायरामा नआएका अभियुक्तहरुलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरिएको प्रहरी नायव उपरिक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

कर्तव्य ज्यान, जबरजस्ती करणी, डाँका चोरी, सवारी ज्यान, लगायतका विभिन्न कसुरमा जिल्ला अदालत, म्याग्दीबाट कसुरदार ठहर भई कैद र जरिवाना तोकिएका अभियुक्तलाई प्रकाउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत समक्ष पेश गरेको प्रहरी कार्यालयले पत्रकार भेटघाट कार्यक्रममार्फत जानकारी दिएको हो ।

कसुरदारहरुलाई उल्लेखित मुद्दाहरुमा कुल एक सय ७ बर्ष ९० महिना २२ दिन कैद र ३५ लाख एक हजार नौं सय २२ रुपियाँ जरिवाना तोकिएको थियो । अपराध गरी समाजमा विभिन्न आवरणमा लुकिछिपी बस्ने फरार ब्यक्तिहरुको पहिचान गरी पक्राउ गर्ने अभियानालाई प्रहरीले तिव्रता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको नेतृत्व लिएपछि आफूले परार अभियुक्तहरुलाई कानुनी दायरामा ल्याउने कामलाई प्राथमिकतामा राखेको प्रनाउ कुँवरले बताउनुभयो ।

यसैगरी, पाँच महिनाको अवधिमा लागू औषधका ५ वटा मुद्दा दर्ता र १२ जना लागू औषधी कारोबारी ब्यक्तिहरु पक्राउ गरी आवश्यक कानुनी कारवाही गरिएको प्रहरी जनाएको छ।