कालीगण्डकी नदीमा जीपसहित बेपत्ता भनिएका चालक काठमाण्डौमा फेला परे

  • १५ श्रावण २०८०, सोमबार
  • 299 पटक पढिएको

 

बेनी, १५ साउन । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटे खण्डबाट साउन १० गते जीपसहित कालीगण्डकीमा बेपत्ता भनिएका चालक काठमाण्डौमा रहेको खुलेको छ ।

जीपलाई कालीगण्डकी नदीमा बेपत्ता गराएर भागेर काठमाण्डौ गएका चालक जिल्ला प्रहरी कार्यालय सम्पर्कमा आएको प्रहरी नायव उपरिक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

ग २ च १०३१ नम्वरको बोलेरो जीपसहित बेपत्ता भनिएका मालिका गाउँपालिका– ५ देवीस्थानका घर भएका चालक कम्लेश परियार आईतबार काठमाण्डौमा रहेको पुष्टि भएको कुँवरले बताउनुभयो ।

बेपत्ता भनिएका जीप चालक सम्पर्कमा आएका छन, थप अनुसन्धानका लािग प्रहरीले मंगलबारसम्म बेनी ल्याउने योजनामा छौ”,– कुँवरले भन्नुभयो । “चालक ब्यक्ति आएपछि घटनाको अनुसन्धानबाट थप विवरण आउने छ ।”

साउन १० गते बुधबारदेखि बेपत्ता चालकसहित जीप खोजी गर्दा विहिबार भीरकाटेको कालीगण्डकी किनारमा जीपको सिसा भेटिएको थियो ।