मोना युएईले तिज विशेष कार्यक्रम गर्ने

  • १० श्रावण २०८०, बुधबार
  • 230 पटक पढिएको

म्याग्दी, १० साउन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले नेपाली महिलाहरुको महान चार्ड हरितालिका तिज पर्वमा विशेष कार्यक्रम गर्ने भएको छ।


प्रवासमा रहेका नेपाली महिलाहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गर्न यमुना रोकाको संयोजकत्वमा समिति बनाएर तयारी थालिएको छ। रोजगार र ब्यवसायको शिलशिलामा दुवैमा रहेको म्याग्देली दिदिबहिनीहरुलाई सहभागिताको लागि मोना युएईले आग्रह गरेको छ।

सन २०२३ सेप्टेम्बर १७ तारीख आइतबारका दिन बैत अल जेर्यन रेष्टुरेन्ट वर दुवईमा कार्यक्रम आयोजना गरिएको मोना युएईका महासचिव काजीमान बुढाथोकीले जानकारी दिनुभयो ।