मंगला र ताराखोला जोड्ने सडकको स्तरोन्नतीमा प्राथमिकता

  • २९ असार २०८०, शुक्रबार
  • धिरन खत्री
  • 295 पटक पढिएको

 

म्याग्दी, २९ असार । म्याग्दीको मंगला गाउँपालिका हुँदै बागलुङको ताराखोला गाउँपालिकाको सिर्फुसम्म पुगेको सडकको स्तरोन्नतीमा प्राथमिकता पाएको छ। मंगला गाउँपालिका र गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएर मंगलाको वडानम्वर ३ र ४ को बंरजा बुकेनी, महेश, धापुङ हुदै तारोखाला गाउँपालिकाको सिर्फुसम्मको सडकको ट्रयाक खोलेको थियो ।

ताराखोलाका बासिन्दालाई बागलुङको सदरमुकाम पुग्न म्याग्दीबाट छोटो र छिटो भएकोले यस सडकको स्तरोन्नतीका लागि गण्डकी प्रदेशको पूर्वाधार मन्त्रालयले आगामी आर्थिक बर्षमा २ करोड बजेट विनियोजन गरेको वडानम्वर ४ को वडाअध्यक्ष लालबहादुर रोकाले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकार र मङ्गला गाउँपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत म्याग्दीको मङ्गला–३ बरङ्जा, वडा नं ४ को महेश, धापुङ हुँदै ताराखोला गाउँपालिकाको सिर्फु सडक जोडिएको थियो । पालिका र प्रदेश सरकारको साझेदारीमा खोलिएको सडकलाई थप स्तरोन्नती गर्न पालिकाले प्रदेश र संघ सरकारलाई बजेट विनियोजनमा ध्यानाकर्षण गराएको वडाअध्यक्ष रोकाले बताउनुभयो ।

“यस सडकको ट्रयाक स्तरोन्नती गर्न र बुकेनी महेशसम्म पुग्ने सडकको ट्रयाक यसबर्ष खोलिएको छ । आगामीबर्षदेखि वडाकार्यालयदेखि महेश धापुङ्ग हुदै सिर्पु सडकको स्तरोन्नतीको अभियान सुरु हुन्छ ।” उहाँले भन्नुभयो । “बहुबर्षिय योजनाको रुपमा अघि बढेको कारण यसलाई स्तरोन्नती गरेर दुई पालिकाका करिब एक हजार घरधुरीलाई प्रत्यक्ष लाभान्वित पु¥याउने छौ । आवतजावत, निर्माण सामग्री ढुवानी र कृषि उपज निकासी लगायत क्षेत्रमा सहज गराउने छौँ ।”

सडक निर्माण भएपछि म्याग्दीको सिङ्गा तातोपानीबाट ताराखोला गाउँपालिकाको सिर्फु करिव दुई घन्टामै पुग्न सकिने वडाअध्यक्ष रोकाले बताउनुभयो । ‘ताराखोला गाउँपालिकालाई बागलुङको सदरमुकाम बागलुङ र म्याग्दीको सिंगा तातोपानी डुब्न आउन छोटो र सहज हुने छ ।’ उहाँले थप्नुभयो । “यसअघि मंगलाका्े अर्मन–किमचौर हुँदै ताराखोला पुग्न चार घन्टा लाग्ने गरेको थियो ।”

चलू आर्थिक वर्षमा प्रदेश सरकारको रु १० लाख र मङ्गला गाउँपालिकाको रु १४ लाखमा धापुङ हुदै सिर्फुसंगको मार्ग खोलिएको थियो ।बुकेनी हुदै महेश–धापुङ सडकअन्तर्गत करिब तीन सय मिटर भिरमा मार्ग खोल्न यस वर्ष प्रदेश सरकारको रु १० लाख र गाउँपाकिलाको रु १० लाख थप बजेट विनियोजन भएको थियो ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रहनुभएका म्याग्दी क्षेत्रनम्वर २ बाट निर्वाचित सांसद रेशमबहादुर जुग्जालीले दुई जिल्लाको बहुसंख्यक जनताको सुविधासहित आलू लगायतको ब्यावसायीक सुविधा लागि प्राथमिकतामा राखेको बताउनुभयो ।

बेनी नगरपलिकको बगरफाँट बास्कुना, थामडाँडा र अर्जेखोला हुदै र बेनी दरवाङ सडक अन्तरगत बेनी नगरको वडानम्वरको सिंगामा यस बर्ष सम्पन्न भएको पक्की पुलमार्फत बरंजा हुदैँ महेश, धापुङ सडकमार्फत ताराखोला पुग्न सकिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l