म्याग्दीमा १५ साना सिँचाइ योजना निर्माण
- २७ असार २०८०, बुधबार
- 287 पटक पढिएको
‘साना सिँचाइ कार्यक्रममार्फत १५ समूहलाई रु २७ लाख नौ हजार अनुदान उपलब्ध गराइएको छ,’ उनले भने, ‘केन्द्रको ९० प्रतिशत अनुदान र कृषक तथा समूहको १० प्रतिशत श्रमदानमा सिँचाइ योजना निर्माण भएका हुन्।’ साना सिँचाइ योजना निर्माणका लागि केन्द्रले एउटा समूहलाई १ लाख ९९ हजार ८ सय रुपैयाँका दरले अनुदान उपलब्ध गराएको छ। मुहानको संरक्षण, इन्टेक, ट्याङ्की, पोखरी निर्माण र पाइप जडान गरेर नियमित सिँचाइ व्यवस्था मिलाइएको छ।
खेतीका लागि प्रयोग भएको १९ हजार ४ सय ९८ हेक्टर क्षेत्रफल जमिनमध्ये २७.९४ प्रतिशतमा नियमित सिँचाइ सुविधा छ। झन्डै ७२.६ प्रतिशत जमिनमा आकाशे पानीको भरमा खेती लगाउने गरिएको छ। यसैगरी कृषि ज्ञान केन्द्रले चालू आव २०७९/८० मा विनियोजन भएकोमध्ये ६४.३ प्रतिशत बजेट खर्च गरेको छ।५ करोड ४६ लाख ७६ रुपैयाँ बजेट विनियोजन भएकामा ३ करोड ५० लाख १० हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।