म्याग्दीका ६ स्थानीय तहको बजेट तीन अर्व २ करोड
- ११ असार २०८०, सोमबार
- धिरन खत्री
- 319 पटक पढिएको
म्याग्दी, ११ असार । म्याग्दीका ६ स्थानीय तहहरुले आगामी आर्थिक बर्ष २०८०÷८१ का लागि रु ३ अर्ब २ करोड ४५ लाख १० हजार ५०० को बजेट सार्वजनिक गरेका छन् । जिल्लामा रहेका एक नगरापलिका र पाचँ गाउँपालिकाले नगरसभा तथा गाउँसभाबाट आगामी आवको लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।
जिल्लाको समदरमुकाम समेत रहेको बेनी नगरपालिकाले आगामी आवका लागि ७० करोड ८९ लाख रुपैयाँ बजेट पारित गरेको छ । १३ औं नगरसभामा सार्वजनिक भएको कुल बजेटमध्ये चालूतर्फ ५० करोड २७ लाख ७५ हजार र पुँजिगततर्फ २० करोड ६१ लख २५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको नगर उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । नगरले “ शिक्षा, स्वास्थ्य, कृषि पर्यटन र पूर्वाधार, स्वच्छ र समृद्ध बेनी नगरको मूल आधार” भन्ने आधारसहित नीति तथा कार्यक्रम निर्माण गरेको छ।
त्यस्तै, अन्नपूर्ण गाउँपालिकाले कुल बजेट ५३ करोड ५४ लाख ४३ हजार ६ सय रुपैयाँ सार्वजनिक गरेको छ। आगामी अवको लागि चालूतर्फ ३५ करोड ५१ लख ५९ हजार ६ सय र पुँजिगततर्फ १८ करोड २ लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।
त्यस्तै मालिका गाउँपालिकाले आगामी आवको लागि ४५ करोड ८१ लख ४४ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ। कुल बजेटको चालूतर्फ २९ करोड ४९ लाख र पँुजिगतर्फ १६ करोड ३२ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
मंगला गाउँपालिकाले आगामी आवको लागि ४४ करोड ८१ लाख ११ हशजार ७०० रुपैयाँ बजेटमध्ये चालूतर्फ २८ करोड ३१ लख ६१ ह्जार ७०९ रुपैयाँ, र पुँजिगतर्फ १६ करोड४८ लाख ५० हजार ९६ रुपैयाँ बजेट विनियोजन भएको छ।
धवलागिरी गाउँपालिकामा आगामी आवको लागि ४३ करोड ८९ लाख ५४ हजार २०० रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
त्यस्तै रघुगंगा गाउँपालिकाले आगामी आवको लागि ४३ करोड ४९ लाख ५७ हजार रुपैयाँ मध्यै चालूतर्फ ३४ करोड ४९ लाख ५७ हजार र पुँजिगततर्फ ९ करोड ८ लाख ३० हजार रुपैया बजेट रहेको छ ।
पालिकाले शिक्षा, स्वास्थ्य, सडक लगायतमा जोड दिएर बजेट विनियोजन गरेपनि स्थानीय सम्भावनालाई उजागर गरी रोजगारीका लागि उद्योग स्थापना क्षेत्रमा बजेट विनियोजनमा जनप्रतिनिधिले ध्यान दिन सकेका छैन । त्यस्तै संघ र प्रदेशबाट सडक र पूर्वाधारलाई ध्यान दिएर बजेट विनियोजन गरेपनि जिल्लाभित्र रोजगारी सिर्जना गर्ने किसिमले उद्योग स्थापनामा बजेट विनियोजन गर्न नसकेको युवाहरुको गुनाँसो छ ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l