रघुगंगाका विद्यालयमा लागू औषध दुव्र्यसन न्यूनिकरण सम्बन्धि अभियान
- ६ असार २०८०, बुधबार
- 305 पटक पढिएको
म्याग्दी ६ असार । म्याग्दीको रघुगंगा गाउँपालिकामा लागू औषध दुव्र्यसन न्यूनिकरण गर्न सचेतनामुलक अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वय र सहकार्यमा गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयहरुमा उक्त सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो ।
उक्त कार्यक्रममा सवारी सुरक्षा, लागू औषध दुव्र्यसन तथा साइबर अपराधको बिषयमा सचेतनामुलक प्रशिक्षण गरिएको छ । विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरुलाई सामाजिक समस्याको रुपमा बढ्दै गएको लागू औषध दुव्र्यन न्यूनिकरणको बिषयमा जनचेतना अभिवृद्धि गर्न कार्यक्रम प्रभाबकारी बनेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक मदन कुँवरले बताउनुभयो ।
अभियान अन्तरगत वडा नम्बर १ को कालिका माावि, महादेव मावि, वडा नम्बर २ को मुक्तिधाम मावि, वडा नम्बर ३ को र रघुगंगा मावि र ज्ञानादय मावि तथा वडा नम्बर ४ को जनता माविमा उक्त कार्यक्रम सम्पन्न भएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, वडा नम्बर ५ को महेन्द्र मावि, ६ को अमरमावि, ७ को अमर मावि र ८ को रितुङ माविमा समेत उक्त कार्यक्रम गरिने भएको छ ।
मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिषक मदन कुँवर लगायतले प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारी, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल लगायतको समेत सहभागीता रहेको थियो ।