मिस्टर विश्वकर्माको उपाधी म्याग्दीका दिनेश विश्वकर्मालाई

  • २६ जेष्ठ २०८०, शुक्रबार
  • 399 पटक पढिएको

 

म्याग्दी, २६ जेठ । म्याग्दीको बेनी स्थित संगमचोकका दिनेशकुमार विश्वकर्माले मिस्टर विश्वकर्मा–२०२३ को उपाधी हात पार्नुभएको छ । बि बोर्स इन्टरटेन्टमेन्टले आयोजना गरेको मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२३ को शुक्रवार काठमाण्डौमा भएको फाइनलमा म्याग्दीका विश्वकर्मा बिजेता घोषित हुनुभएको हो ।
उत्कृष्ट दश जनाभित्र पर्नुभएका दिनेश लगायतका सहभागीहरुलाई भोटिङ र ट्यालेन्ट सो मार्फत विजेता छनौट गरएको हो । व्यक्तित्व, क्षमता र भोटिङ लगायतका आधारमा विजेता घोषणा गरिएको आयोजकले जनाएको छ । मिस्टर विश्वकर्माको उपाधी सहित निदेशले नगद रु पचास हजार समेत पुरस्कार प्राप्त गर्नुभएको छ । म्याग्दी जेसीजको कार्यकारीणी उपाध्यक्ष समेत रहनुभएका विश्वकर्मा युवा र सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ ।