बेनी–जोमसोम सडकमा सिधा यातायात सूचारु

  • ७ जेष्ठ २०८०, आईतवार
  • 359 पटक पढिएको

म्याग्दी, ७ जेठ । पहिरो र बाढीले आज विहानदेखि अवरुद्ध रहेको बेनी– जोमसोम सडक सूचारु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा बाढीले कल्भट पुल, नौनीबगर र वडानम्वर ३ को दानाको गुईठेमा आएको पहिरोलाई डोजर परिचालन गरेर मर्मत गरेपछि सडक सूचारु भएको हो ।

सदरमुकाम बेनी हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक भुरुङतातोपानी कल्भट पुलको मर्मत, नौनीबगर र गुईठेमा झरेको पहिरोमा डोजर परिचालन गरेर सफा गरेपछि सिधा यातायात सेवा सूचारु भएको सडक आयोजनाका सुपरभाईजर इन्द्रसिङ शेरचनले बताउनुभयो ।

सडक खुलेपछि म्याग्दीका उत्तरी क्षेत्रका बासीन्दा र मुस्ताङमा घुम्न आउने र फर्कने पर्यटक र तीर्थयात्राीहरु गन्तव्यमा लागेका छन् । सडक अवरुद्ध भएपछि अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारत बहादुर पुन, वडा अध्यक्ष ओमबहादुर फगामी लगायत अवरुद्ध सडक खुलाउन स्थलगत खटिनुभएको थियो ।