टोपबहादुर रायमाझी पक्राउ

  • ३१ बैशाख २०८०, आईतवार
  • 315 पटक पढिएको

 

 

नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । रायमाझी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका हुन् ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो ।गत बैशाख २० पक्राउ पुर्जी आउँदा रायमाझी फरार थिए ।

पूर्वमन्त्री रायमााझी भैरहवामा केही समय बसेर काठमाडौं आएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा रायमाझीमाथि छ ।

शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा टोप बहादुर रायमाझीको संलग्नता खुलाएका छन् ।