गण्डकी प्रदेश महिला छात्रा भलिबलको प्रमुख प्रशिक्षकको जिम्मेवारी म्याग्दीका रोकालाई

  • १५ बैशाख २०८०, शुक्रबार
  • 560 पटक पढिएको

म्याग्दी, १५ बैशाख । गण्डकी प्रदेश महिला छात्राभलिबलको प्रमुख प्रशिक्षकको जिम्मेवारी म्याग्दीका मलिन रोकाले पाएका छन् । बैशाख १५ देखि १७ गतेसम्म काठमाण्डौंमा सञ्चालन हुने राष्ट्रपति रनिङ्गशील्ड प्रतियोगीता तर्फबाट गण्डकी प्रदेशबाट सहभागी हुने महिला भलिबल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारी रोकाले पाएका छन् ।


म्याग्दी जिल्ला भलिबल प्रशिक्षक समेत रहेका रोकालाई गण्डकी प्रदेशले प्रतियोगीताको प्रमुख प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो । प्रमुख प्रशिक्षक रोकाले आफूलाई प्रदेशले विश्वास गरेर उक्त जिम्मेवारी दिएकाले प्रदेशलाई विजयी बनाउन कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ ।

प्रतियोगीतामा म्याग्दीबाट समेत खेलाडीहरु छनोट हुन सफल भएका छन् । प्रदेश टीमको छनोट समेत रोका आफैले गरेको हुनाले उत्कृष्ट टिम भएको र नतिजा ल्याउन सकिने बताउनु भयो ।