लायन्स क्लब अफ बेनी पिस सिटीको नयाँ नेतृत्व चयन
- १४ बैशाख २०८०, बिहीबार
- 309 पटक पढिएको
बेनी १४ वैशाख। लायन्स क्लव अफ बेनी पिस सिटीको अध्यक्षमा सन्दिप खत्री चयन हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न क्लवको आठौं अधिवेशनबाट आगामी वर्ष २०२३ –०२४को लागि अध्यक्ष पदमा खत्री सर्वसम्मत रुपमा चयन हुनुभएको हो । खत्री यसअघि क्लवको प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो । कार्यसमितिको निवर्तमान अध्यक्षमा नन्दकुमार पाईजा ,प्रथप उपाध्यक्षमा विरेन्द्र श्रेष्ठ ,द्धितिय उपाध्यक्षमा बामदेव रिजाल ,सचिवमा दुर्गा बुढा मगर ,कोषाध्यक्षमा ललिन्द्र थापा मगर, मेम्बर सिप चेयर पर्सनमा दिपक श्रेष्ठ ,सर्भिस चेयर पर्सनमा रमेश फगामी ,मार्केटिङ चेयर पर्सनमा मिलन कुमार श्रेष्ठ ,डाइरेक्टरहरुमा कुमार बानियाँ , लक्षमण शर्मा , श्याम थापा र भुवन सुवेदी चयन हुनुभएको सचिव दुर्गा बुढा मगरले जानकारी दिनुभयो । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एमजेएफ राजेश शाक्यले व्यक्तिको नेतृत्व विकास र सामाजिक सेवाका लागि लायनवाद एउटा राम्रो माध्यम बन्न सक्ने बताउनुभयो । क्लवले विगतदेखि नै सामाजिक क्रियाकलापमा उत्कृष्ट काम गर्दै आइरहेको बताउनुहुँदै त्यसलाई निरन्तरता दिन समेत नयाँ कार्यसमितिलाई आग्रह उहाँले गर्नुभयो । उहाँले क्लबले राज्यले गर्नुपर्ने स्वास्थ्य शिविर लगायत विभिन्न सामाजिक सेवाका क्षेत्रमा क्लबले ठुलो योगदान पु¥याएको उल्लेख गर्नुभयो ।कार्यक्रममा क्लवका पुर्व अध्यक्ष तथा जोन चेयर पर्सन खम थापा मगरले व्यक्तीको नेतृत्व विकास संगै सामाजिक सेवाका क्षेत्रमा समेत क्लवले महत्वपुर्ण भुमिका खेल्दै आइरहेको बताउनुभयो । वर्ष २०२२–२३का अध्यक्ष नन्दकुमार पाईजाले आफ्नो कार्यकालमा क्यान्सर रोगबाट पीडित विरामीलाई आर्थिक सहयोग ,बालगृहका बालबालिकालाई खाद्यान्न सामग्री सहयोग तथा भोजन कार्यक्रम ,जिल्ला कारागारमा खेलकुद सामग्री सहयोग ,समता विद्यालयमा शैक्षिक सामग्री सहयोग ,अर्जुन माविलाई प्रिन्टर सहयोग लगायत विभिन्न कार्यक्रमहरु संचालन गरिएको बताउनुभयो ।साथै क्लवले पत्रकारिता मार्फत योगदान पु¥याएको भन्दै पत्रकार साधन राम्जालीलाई नगद सहित सम्मान समेत गरेको छ । पत्रकार राम्जालीलाई वर्ष २०२२–०२३ का अध्यक्ष पाईजाले नगद सहित पुरस्कृत गर्नुभयो । पत्रकार महासंघ म्याग्दी शाखाका सहसचिव तथा फाेनिज म्याग्दीका अध्यक्ष समेत रहनुभएका पत्रकार राम्जाली गाेरखापत्र दैनिक ,न्युज २४ टेलिभिजन ,आदर्श समाज दैनिक, मालिका प्रेस साप्ताहिक पत्रिका ,म्याग्दी न्युज डटकम लगायत सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ । पाईजाको अध्यक्षता ,प्रथम उपाध्यक्ष सन्दिप खत्रीको स्वागत र सचिव बामदेव रिजालले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष दुर्गा बुढा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।