व्यवसायि श्रेष्ठद्वारा जन्मदिनमा विरामी र बालबालिकालाई सहयोग
- १३ बैशाख २०८०, बुधबार
- 343 पटक पढिएको
म्याग्दी १२ वैशाख । बेनी नगरपालिका–७ संगमचोकका व्यवसायी सुविन श्रेष्ठले बुधबार जन्मदिनको अवसरमा बिरामीको उपचार र बालबालिकालाई सहयोग गर्नुभएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रहनुभएका श्रेष्ठले बिरामी, असाहय बालक र बालगृहलाई रु. २५ हजार सहयोग गर्नुभएको हो । श्रेष्ठले विगतमा पनि यसरीनै जन्मदिन मनाउने गर्दै आउनुभएको छ ।
फोक्सोको क्यान्सरबाट थलिएको रघुगंगा गाउँपालिका–१ बेगखोला घर भई हाल बेनी नगरपालिका–८ शिक्षामार्गमा बस्ने दूधकुमारी शेरपुञ्जा (दुर्गा मगर)को उपचारका लागि रु. दश हजार सहयोग गर्नुभएको छ ।
यसैगरी बेनी सामुदायिक माविको कक्षा १ मा अध्ययनरत असाहय बालक निमेश खड्काको पठनपाठनमा रु. पाँच हजार सहयोग गर्नुभएको छ । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहका बालबालिकाहरुको लागि रु. पाँच हजार सहयोग गर्नुभएको छ । त्यसैगरी घाटिको खाने नलिमा क्यान्सर भई पोखरा जि.एम.सी. हस्पिटलमा उपचार गराईरहनु भएकी बेनी नगरपालिका वडा नं-६ जमुनाखर्क निवासी देवी कुमारी शाही लाई रु ५ हजार सहयोग गर्नु भएको छ ।