वैशाखमा वेमौसमी हिमपात (फोटो फिचर)

  • ११ बैशाख २०८०, सोमबार
  • 241 पटक पढिएको

बेनी, ११ वैशाख : म्याग्दीमा बर्षा संगै हिमपात भएको छ । विगत केहि दिनयता मौसममा आएको बदलीको कारण बर्षा संगै माथिल्लो भेगमा हिमपात भएको हो । सोमबार साँझदेखि जिल्लाको पर्यटकीय स्थल पुनहिल, घोरेपानी, मोहरेडाँडा, खोप्रालेक लगायतका स्थानमा हिमपात भएपछि पर्यटकहरु उत्साहित बनेका छन् ।


अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको घोरेपानी लगायतका क्षेत्रमा हिमपात भएपछि पर्यटकहरु खुसी भएको घोरेपानीका स्थानीय हेमन बुद्धुजाले जानकारी दिनुभयो । उहाँका अुनसार, हिमपातको कारण चिसो अत्यधिक बढेको छ । वेमौसमको हिमपातले खेतिवालीमा नोक्सान पु¥याउने भएपछि किसानहरु चिन्तीत बनेका छन् ।


जिल्लाको धवलागिरि गाउँपालिका–१ गुर्जाको बस्ती आसपासमै हिमपात भएको छ । धवलागिरि आधार शिविर क्षेत्रमा विगत केहि दिनयता निरन्तर हिमपात भएपछि हिमालको आरोहणका लागि गएका आरोहीहरु समस्यामा परेका छन् । अहिले आधार शिविर क्षेत्रमा आरोही र आरोहण दलका सदस्यहरु अनुकुल मौसमको पखाईमा रहेका छन् ।   

तस्बीर साैजन्य ः सपना गुरुङ , हेमन बुदुजा