मंगोल नेशनल अर्गनाईजेसन म्याग्दीको अध्यक्षमा ओमराज मगर चयन

  • १० बैशाख २०८०, आईतवार
  • 293 पटक पढिएको

म्याग्दी १० वैशाख । मंगोल नेशनल अर्गनाईजेसन म्याग्दी जिल्ला सभाको तेस्रो जिल्ला अधिवेशनबाट ओमराज मगरको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट सचिवमा दिपक पुन, कोषाध्यक्ष खिमबहादुर आले मगर, सहसचिव दिपा पूर्जा, प्रचारप्रसार सचिव तेजिन्द्र रोका मगरलाई चयन गरेको छ ।

त्यसैगरी कार्यसमिति सदस्यमा जिवन पुन, बुलबहादुर रोका, गगन पुन मगर, घनदेवी बुढा, खगेन्द्र पुन मगर, रमेश भट्टचन, सुनिता पुन , पदम शेरपुञ्जा,प्रेम बहादुर पाईजा, नरदेवी पुन, गेमबहादुर बुढा, लक्षुमन पुन, रुद्धबहादुर सुनार, एलिना शेरपुञ्जा, जितेन्द्र गर्बुजा, टकबहादुर पुर्जा, प्रकाश पाईजा, खमबहादुर थापा मगर, केदार थापा मगर, कुलबहादुर फगामी, टेकबहादुर पुन, हरि रोका मगर, गमस सन्नासे, प्रितम फगामी, सरिमा पुन, मनप्रसाद फगामी, खुमराज पुर्जा, मिन पुन, लक्षिमण पुर्जा, भरत बुढाथोकी रहेका छन्। नवनिर्वाचित अध्यक्ष मगर गएको प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत हुन् ।

त्यसैगरी अधिवेशनबाट निर्वतमान अध्यक्ष डिके पुन मगर, चित्रबहादुर फगामी, ओमबिक्रम पुन, जयन्द्र रोका मगर, मनबहादुर मगर, नरबहादुर थापा मगर, यूवराज पुन, एलिस रोका मगर र बुलप्रसाद रोका मगर रहेको सल्लाहकार समिति समेत चयन गरेको छ । अधिवेशनको उद्घाटन केन्द्रिय मुलसचिव थमनबहादुर बुढामगरले गरेका थिए भने कार्यक्रममा केन्द्रिय सदस्य एवम् मंगोल भिजन पत्रिकाका निर्देशक प्रेम छिरिङ शेर्पा, प्रदेश अध्यक्ष नविन गुरुङ लगायतको उपस्थिति रहेको थियो । डेग बहादुर पुन डिकेको अध्यक्षता दिपक पुनको स्वागत र र एलिश रोका मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनको अवसरमा बेनीमा झाँकी सहितको ¥याली गरिएको थियो ।