म्याग्दीमा कांग्रेसले पार्टी सुदृढीकरण अभियान संचालन गर्ने

  • ८ बैशाख २०८०, शुक्रबार
  • 241 पटक पढिएको

 

म्याग्दी, ८ बैशाख । नेपाली कांग्रेस म्याग्दीले पार्टी सुदृढीकरण र संगठन विस्तार अभियान संचालन गर्ने भएको छ । २६ चैतमा बसेको जिल्ला कार्यसमितिको बैठकले पहिलो चरणमा ६ वटै पालिकामा सो अभियान संचालन गर्ने निर्णय गरेको हो । संघीय सांसद तथा जिल्ला सभापति खमबहादुुर गर्बुजा ‘खम्बिर’को सभापतित्वमा बसेको बैठकले अभियानलाई प्रभावकारी र सफल बनाउन सबै पालिकामा संयोजक समेत तोकेको जिल्ला सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो ।

बेनी नगरपालिकामा महाधिवेशन प्रतिनिधि चिरञ्जीवि शर्मा, धवलागिरी गाउँपालिकामा सचिव हिराबहादुर पुन, मंगला गाउँपालिकामा सचिव भरत रकाल, मालिका गाउँपालिकामा पुर्व जिल्ला सहसभापति नेत्रबहादुर महत ,अन्नपुर्ण गाउँपालिकामा संविधानसभा सदस्य तथा कांग्रेस म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँ र रघुगंगा गाउँपालिकामा उपसभापति हरिकुमार श्रेष्ठलाई संयोजक तोकिएको छ ।

एक दिन संचालन हुने अभियानको अन्तर्गत पहिलो चरणमा वडा र पालिकास्तरीय कार्यसमिति सदस्यहरु ,कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि क्रियाशिल सदस्य ,भातृ तथा सुभेच्छुक संस्थाका पदाधिकारी संग अन्तरक्रिया र छलफल कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

साथै पालिका र वडासंगको समन्वयमा वडा तहमा समेत अन्तरक्रिया र छलफल कार्यक्रम संचालन हुने कांग्रेस म्याग्दीले जनाएको छ । अभियानलाई प्रभावकारी रुपमा सफल बनाउन सबै वडा इकाई सभापति ,भातृ संगठन र सुभेच्छु संस्थाका पदाधिकारीहरुलाई जनाकारी गराइएको बेनी नगरपालिका संयोजक शमाँले बताउनुभयो । उहाँले अभियानले कार्यकर्तामा उर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।