भेडिओढारमा भेडापालन (फोटो फिचर)

  • ७ बैशाख २०८०, बिहीबार
  • 649 पटक पढिएको

बेनी, ७ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती र १ बेगको सिमा क्षेत्रलाई समेटिएको पर्यटकीय स्थल भेडीओढारमा स्थानीयले गरेको भेडापालन । धौलागिरि आइसफल पदमार्गले समेटिएको यस क्षेत्रमा परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिँदै आएको भेडापालन पर्यटकहरुको लागि आकर्षण बन्ने गरेको छ ।

भेडिओढारमा भेडा राख्नका लागि दुई विशाल ढुंगामा ओढार समेत रहेको छ । यही ओढारमा रातको समयमा भेडाहरुलाई राख्ने भएकाले यो ठाउँको नाम भेडिओढार रहन गएको हो । घुम्ती गोठ राखेर गरिने भेडापालन परम्परागत जिवनशैलिको अवलोकन र अध्ययन गर्न रुचाउनेहरुका लागि आकर्षक मानिन्छ । भेडापालनबाट कृषकहरुले आयआर्जन समेत गर्दै आएका छन् ।