मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको तेस्रो अधिवेशनको तयारी अन्तिम चरणमा

  • ६ बैशाख २०८०, बुधबार
  • 553 पटक पढिएको

 

बेनी, ६ बैशाख । मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको बैशाख ९ गते हुने तेस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अर्गनाईजेशनले बुधबार बेनीमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारीलाई तीव्र पारिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा अधिवेशन आयोजक सभाका संयोजक डिके पुन मगरले अधिवशेनको तयारी, ब्यवस्थापन, प्रचारप्रसार र आर्थिक संकलन, प्रतिनिधि छनोटको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । बेनीमा अधिवेशनको अवसरमा झाँकीसहितका र्‍याली पश्चात जिल्ला समन्वय समितिको सभाहलमा घोषणा सभा गरिने बताउनुभयो ।

२०७३ सालदेखि म्याग्दीमा स्थापना भएको अर्गनाईजेशनले जिल्लाका सबैमा पालिकामा र २२ वडामा संगठन विस्तार गरेको जानकारी दिनुभयो । अधिवेशनले आगामी दुईबर्षको लागि नयाँ नेतृत्व चयन गर्ने भएको छ। अधिवेशनको उद्घाटन सत्रमा अर्गनाईजेशनका केन्द्रिय मुल सचिव थम्मन बहादुर बुढामगरको उपस्थित हुने छ ।

संयोजक डिके पुनमगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अर्गनाईजेशनका प्रदेशसभा सदस्य रनबहादुर फगामी, प्रचारप्रसार समितिका सचिव ओमराज मगरको उपस्थित भएको थियो । आर्थिक संयोजक दिपक पुनमगरले संचालन गर्नुभएको थियो ।