दग्नाममा शनिबार नि:शुल्क स्वास्थ्य शिविर हुने

  • १० चैत्र २०७९, शुक्रबार
  • 341 पटक पढिएको

 

बेनी, १० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा शनिबार स्वास्थ्य शिविर हुने भएको छ। लायन्स क्लब अफ बेनी लभ्ली हिलको आयोजना रघुगंगा गाउँपालिका वडा नं. ४ को समन्वय र दिगो क्लिनिक प्रा.लि.को प्राविधिक सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको क्लबका अध्यक्ष भरत बहादुर रकालले जानकारी दिनुभयो ।


उक्त कार्यक्रममा बेनी अस्पतालमा कार्यरत फिजिसीयनद्धारा स्वास्थ्य चेकजाँज, सुगर, प्रेसर, दम लगायत अन्य दिर्घरोगहरुको पहिचान तथा मरामर्श हुनुको साथै हाडजोर्नी तथा नशा सम्बन्धी रोगको पहिचान, आवश्यक उपचार गरिने छ। शिविरमा बालरोग सम्बन्धी परामर्श तथा निदान र नाक कान घाँटी सहित निशुल्क औषधि वितरण गरिनेछ ।
रघुगंगाबासीलाई स्वास्थ्य शिविरमा उपस्थित हुन शिविरका संयोजक नेत्रराज सुवेदीले आग्रह गर्नुभएको छ।