उपाधीका लागि फाईनलमा कालीपुल युनाईटेड र पश्चिम म्याग्दी भिड्ने

  • ६ चैत्र २०७९, सोमबार
  • 447 पटक पढिएको

 

बेनी, ६ चैत । सदरमुकाम बेनीमा जारी लिग फुटबल प्रतियोगिताको उपाधी लागि फाईनलमा मंगलबार कालीपुल युनाईटेड क्लव र पश्चिम म्याग्दी भिड्ने भएका छन् । खुल्लामञ्चमा सोमबार भएको सेमिफाईनलमा कालीपुल युनाईटेडले बुद्ध युवा क्लवलाई र पश्चिम म्याग्दीले मनसुन युवा क्लव चुत्रेनीलाई पराजित गर्दै फाईनलमा उपाधीका भेट पक्का गरेका हुन् ।


म्याग्दी कप– २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि सुरु भएको लिग फुटवलको फाईनल सोमबार ११ बजे हुने लिग फुटबलका सल्लाकार कृष्णकुमार विश्वकर्माले बताउनुभयो ।सोमबार भएको सेमिफाईनलमा कालीपुल युनाईडले बौद्ध युवा क्लवलाई (१–१) को बराबरीमा पेनाल्टी सुटआउटमा (३–२) ले र पश्चिम म्याग्दीले मनसुन युवा क्लव चुत्रेनीलाई (३–३) को बराबरीमा पेनाल्टी सुटआउटमा (४– ३) ले गोल अन्तरमा पराजित गर्दै फाईनल प्रवेश गरेका थिए ।

प्रतियोगितामा विजेताले एक लाख २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ भने द्धितिय हुनेले ७० हजारसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले जानकारी दिनुभएको छ । लिग फुटवल प्रतियोगितामा अनुशासित क्लव र उतकृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी, उतकृष्ट गोलकिप्पर र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५०० रुपैयाँ र ट्रफी, बेष्ट युवा खेलाडीलाई ५ हजार रुपैयासहित ट्रफी र म्यान अफ द खेलाडीलाई नगद २ हजारसहित ट्रफीले पुरस्कृत गरिने छ ।

लिग फुटवल प्रतियोगिता आयोजनाले जिल्लामा एन्फा निर्माणका लागि सहयोग पुग्ने आयोजकले जनाएको छ। आमन्त्रित म्याग्दी जिल्ला लिग फुटवल प्रतियोगितामा १० क्लवको सहभागिता रहेको थियो ।