बेनीमा सोमबार दलित आन्दोलन सम्वन्धी अन्तरक्रिया हुने

  • ६ चैत्र २०७९, सोमबार
  • 359 पटक पढिएको

 

बेनी, ६ चैत। चैत ७ गते (सोमबार) बेनीमा “५८ औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस” ‘२१ मार्च’ को अवसरमा दलित आन्दोलन सम्वन्धी बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ। सयुक्त दलित राजनीतिक सङ्घर्ष समिति म्याग्दीको आयोजनामा सोमबार जिल्ला समन्वय समितिको सभाहलमा स्थानीय तहबाट तीन सय जना प्रतिनिधिहरुको उपस्थितमा अन्तरक्रिया कार्यक्रम गरिने पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।

जिल्लामा क्रियाशिल राजनीतिक दलका भातृसंगठनको सयुक्त आयोजनामा चैत ७ गते मनाईने जातिय विभेद उन्मूलन दिवसको अवसरमा दलित आन्दोलनमा संघर्ष समितिले खेल्नुपर्ने भूमिकाबारे अन्तरक्रिया छलफल तथा अन्तरक्रिया गरिने संघर्ष समितिका संयोजक पदम किसानले जानकारी दिनुभयो । दलित समुदायलाई एकीकृत गर्न बृहत अन्तरक्रियाले सहयोग पूग्ने संयोजक किसानले बताउनुभयो ।

६ वटा स्थानीय तहबाट ३ सय दलित प्रतिनिधिहरुको सहभागिता गराएर पेलेकार्ड सहित बजारर्‍याली प्रश्चात अन्तरक्रिया गरिने भएको छ। कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, दलितका अगुवा नेता तथा दलका दलित भातृ संगठनका प्रतिनिधिहरुलाई कार्यक्रममा उपस्थित हुनका लागि संघर्ष समितिले आग्रह गरेको छ।

दिवसको अवसमा हुने अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जाली लगायत जनप्रतितिधिहरुको उपस्थित हुने छ ।