सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसन गण्डकीको संयोजकमा रोका

  • ४ चैत्र २०७९, शनिबार
  • 299 पटक पढिएको

 

पोखरा, ४ चैत । सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेशन गण्डकी प्रदेशको संयोजकमा म्याग्दीका धनकुमार रोका चयन हुनुभएको छ । पोखरामा शनिबार भएको फाउण्डेशनको भेलाले रोकालाई संयोजक चयन र यही चैत २५ गते प्रदेश भेला (सम्मेलन) गर्ने निर्णय गरेको छ ।

७ सदस्यीय फाउण्डेशनको भेला आयोजक समितिको सदस्यहरुमा नरेन्द्र घर्तीमगर, सोचना सापकोटा, पवन भुजेल, मनोज किसान, लोचना सापकोटा र नेहा गुरुङ रहनुभएको छ । नरेन्द्र घर्तिमगरको अध्यक्षतामा भएको बैठकमा फाउण्डेशनका केन्द्रिय उपाध्यक्ष प्रकाश बास्तोला र केन्द्रिय संरक्षक सुजन सापकोटाको उपस्थिति रहेको थियो ।

बैठकमा केन्द्रिय उपाध्यक्ष प्रकाश बास्तोलाले माओवादी घटकहरु एक भएर सहिदहरुको सपनालाइ पूरा गर्नका लागि अग्रसर बन्नुपर्ने र त्यसका लागि फाउण्डेशनले सबै माओवादी घटकका नेताहरुलाई दवाव दिएको बताउनुभयो ।

केन्द्रिय संरक्षक सुजन सापकोटाले जनयुद्धका सहिद हरुलाई रास्ट्रिय सहिद घोषणा गर्ने सरकारको निर्णयको स्वागत गर्दै जनमुक्ती सेनालाई गणतन्त्र सेनानीको सम्मान, जनयुद्धका घाइतेको नि:शूल्क उपचारको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अन्तरगतका अस्पतालहरुमा जनयुद्धका घाइते, सहिद र वेपत्ता परिवारको उपचारका लागि बजेट पठाएको पनि जानकारी गराइएको थियो ।