अखिल क्रान्तिकारीद्वारा मंगला शिक्षा क्याम्पसमा हुने स्ववियू निर्वाचन बहिस्कार

  • ४ चैत्र २०७९, शनिबार
  • 409 पटक पढिएको

 

बेनी, ४ चैत । अखिल क्रान्तिकारीले मंगला शिक्षा क्याम्पसमा हुने स्ववियु निर्वाचन सर्वपक्षीय सहमती कायम गरेर निर्वाचन गर्न माग गर्दै चैत ५ गते हुने स्ववियु निर्वाचन बहिस्कार गरेको छ। अखिल क्रान्तिकारीको मागलाई सम्वोधन गर्दै सर्वपक्षीय सहमतिमा अर्को मितिमा निर्वाचन गर्न माग गर्दै चुनाव बहिस्कार गरेको हो ।

अखिल क्रान्तिकारीले उठाएका मागहरु सम्वोधन गर्नका लागि निर्वाचन अधिकृतकको कार्यालय २४ घण्टाका लागि ताला खोलिएपनि विद्यार्थीहरको मागलाई बेवास्ता गर्दै स्ववियु निर्वाचन गरिएको भन्दै बहिष्कार गरेको हो ।

क्याम्पसले सुचना लुकायर विद्यार्थी भर्ना गर्दा गाउँ गाउँ कार्यकर्ता खोजेर निसुल्क भर्ना, स्ववियु निर्वाचन गराउन क्याम्पस संचालक समितिको पुर्ण बैठक नबसी एकल निर्णय गरेको, निर्वाचन समितिमा योजनाबद्द ढंगबाट कसैसंग सल्लाह नगरि निर्वाचन अधिकृत एमालेका नेता शिक्षक लाई नियुक्ति गरिएको, स्ववियु निर्वाचनको अबधिमा आचार संहिता लागि सकेपछि क्याम्पस प्रसासन र गापा मिलेर बिद्यार्थी हरुलाई उद्घोषण तालिमको नाममा क्याम्पस मा प्रशिक्षण दिईएको आरोप विज्ञप्तीमा उल्लेख छ ।

भर्ना नगरेका बिद्यार्थी हरुको नाम मतदाता नामवलिमा प्रकाशन गरिएको नक्कली आईडि कार्ड बनायर वितरण गरिएको विज्ञप्तीमा उल्लेख गर्दै निर्वाचन बहिष्कार गरिएको जानकारी संयोजक चक्र बहादुर पुनले दिनुभएको छ।

अखिल क्रान्तिकारीले उठान गरेका विषयमा यथोचित सुनुवाई नभएसम्म क्याम्पस प्रशासन र निर्वाचन समितिले गराउने निर्वाचनमा भाग नलिनेगरी बहिष्कार गरेको घोषणा विज्ञप्तीमा उल्लेख गरेको छ ।

निर्वाचन सम्बन्धि गतिविधिमा असहमति जनाउदै अखिल क्रान्तिकारीले गत फागुन २९ गते तालावन्दी गरेको थियो ।