धवलागिरीमा स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

  • ३ चैत्र २०७९, शुक्रबार
  • 417 पटक पढिएको

 

म्याग्दी, ३ चैत । धवलागिरी गाउँपालिकामा स्वास्थ्य शाखाको अर्धबार्षिक समिक्षा गोष्ठी शुक्रबार मुनामा सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष रेशम पुनको अध्यक्षतामा चालु आर्थिक बर्षको अर्धबार्षिक समिक्षामा स्वास्थ्य शाखा, वडास्तरका स्वास्थ्य चौकी र स्वास्थ्य क्षेत्रमा काम गर्ने एन्जीओ र आईएन्जीओ संस्थाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


अर्धबार्षिक समिक्षा गोष्ठीमा पालिकाभित्र र वडास्तरका स्वास्थ्य चौकीबाट खोप, सुत्केरी, स्वास्थ्य शाखाबाट गर्भजाँच, पुर्णस्तनपान, पालिकाभित्र कुन रोग बढी भेटियो, यसको निराकरण, समाधानको विषयमा समिक्षा, वडास्तरका स्वास्थ्य चौकीको प्रगति, एन्जीओ र आईएन्जीआको प्रगति विवरण र २०२३ गर्ने कार्यक्रमहरु प्रस्तुत गर्नुभएको स्वास्थ्य शाखाकी संयोजक सम्झना खाती क्षेत्रीले बताउनुभयो ।


समिक्षा गोष्ठीमा स्वास्थ्य कार्यालका खोप सुपरभाईजर विरेन्द्रकुमार चौधरीले आमा र बच्चालाई कुपोषणबाट बचाउन खानपानको विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा वान हर्ट वल्डवाडकी तालिम सुपरभाईजर सृजना गौतम, कदम म्याग्दीकी जनस्वास्थ्य अधिकृत निरमाया मिजार, संगम म्याग्दीमा आनन्द प्रसाद रेग्मीले शिक्षा, आर्यआर्जन र बालबालिका क्षेत्रमा गरेका प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बालविवाह न्यूनिकरण लागि स्थानीय रणनीतिबारे सामुदायिक विकास परियोजनाका कन्सलटेन्ट भरत केसीले प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेम पुनले स्वास्थ्य क्षेत्रको कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न स्वास्थ्यकर्मीलाई निर्देशन गर्दै एन्जीओ आईएन्जीओले शिक्षा, स्वास्थ्य र आर्यआजनका कार्यक्रमहरु छनोट गर्दा गाउँपालिकासंग समन्वय गर्न आग्रह गर्नुभएको थियो । उपाध्यक्ष रेशम पुनले गैर सरकारी संस्थाले कार्यक्रम बनाउने क्रममा पालिकासंग समन्वय नगरेको गुनासो गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ध्रुव रिजाल, सामाजिक विकास संयोजक देवेन्द्र रोका, गैसस महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेल र कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेल, कार्यपालिका सदस्य, वडास्तरमा कार्यरत स्वास्थ्यकर्मी लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा संयोजकको सहजिकरण स्वास्थ सह–संयोजक अनिशा आचार्यले गर्नु भएको थियो ।